काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार रास्वपा कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले संसदीय समितिमा उजुरी परेपछि सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु सामान्य र नियमित प्रक्रिया भएको बताए।
प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो व्यक्तिगत विवाद नरहेको उल्लेख गर्दै उनले आफू र प्रहरी नेतृत्वबीच विवाद रहेको भन्दै सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाए।
उनले दुई पक्षबीच विवाद रहेको रूपमा विषयलाई प्रस्तुत गरेर अनावश्यक प्रचार गरिएको बताए।
सुनारले रास्वपाको स्थापना नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न तथा भ्रष्टाचारविरुद्ध लड्न भएको दाबी गरे।
बारामा तीन वर्षीया बालिकाको हत्या भएको घटनाबारे बोल्दै उनले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न राज्य गम्भीर बन्नुपर्ने बताए।
उनले बालिका हत्या जस्ता गम्भीर घटनामा पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्