ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिल्म ‘आशा’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन हुने


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : २५   बजे

काठमाडौं । उडान स्टुडियोको प्रस्तुतिमा निर्माण भएको नेपाली फिल्म ‘आशा’को छायांकन सम्पन्न भएको छ। निर्मात्री शर्मिला थापाका अनुसार एक महिनाको अवधिमा फिल्मको छायांकन पूरा गरिएको हो।

फिल्मको छायांकन काठमाडौं उपत्यकासहित नमोबुद्ध र धुलिखेल क्षेत्रमा गरिएको छ। छायांकन सम्पन्न भएसँगै निर्माण टोली पोस्ट प्रोडक्सनको काममा जुटेको छ।

निर्मात्री थापाले योजना अनुसार नै छायांकन सम्पन्न भएको बताउँदै कलाकार तथा प्राविधिकको मेहनतले निर्धारित समयमै काम पूरा गर्न सफल भएको जानकारी दिइन्।

“हामी योजना अनुसार नै छायांकन सम्पन्न गरेर पोस्ट प्रोडक्सनको काम सुरु गर्दै छौँ। कलाकार र प्राविधिकहरूको मेहनतले गर्दा हाम्रो योजनाअनुरुप सबै काम समयमै सम्पन्न भएको छ,” उनले भनिन्।

उनले नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने बताइन्।

प्राविधिकलाई ५१ हजार सहयोग

फिल्मको इन्डक्ल्याप समारोहमा निर्मात्री थापाले फिल्मका प्राविधिक अर्जुन घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गरेकी छन्।

फिल्ममा स्पोटब्वाईका रूपमा काम गरिरहेका घिमिरेकी श्रीमती ब्लड क्यान्सरबाट पीडित रहेको जानकारी पाएपछि थापाले पारिश्रमिकबाहेक उपचार खर्चका लागि उक्त रकम सहयोग गरेकी हुन्।

को–को छन् कलाकार?

‘आशा’मा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीको अभिनय रहेको छ। बालकलाकारतर्फ चिराग श्रेष्ठ र काश्वी भण्डारीले अभिनय गरेका छन्।

फिल्मको कथा तथा निर्देशन राजिव गुरुङले गरेका हुन्। फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सांसद खगेन्द्र सुनारले भने– प्रहरी संगठनसँग मेरो कुनै व्यक्तिगत विवाद छैन

सम्बन्धित

पाँच पाण्डव’को डबिङ सुरु, डल्बी एट्मस प्रविधिमा साउन्ड तयार हुँदै

‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा, प्रियंका कार्कीको निर्माणमा डेब्यु

उपासना र बिक्कीको ‘डियर काव्या’ घोषणा, मंसिरबाट छायांकन

कलंकीमा खुल्यो ‘द डिभाइन डान्स स्टुडियो’, मिस पबीले गरिन् जुम्बा

आजदेखि जमलमा तीनदिने ‘लोकदोहोरी मेला’, चलचित्र र लोकसंगीतका चर्चित कलाकारको जमघट

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी–भाइको भावनात्मक सम्बन्धमा केन्द्रित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu