ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा १० वर्षमा सर्पदंशबाट ३०१ जनाको मृत्यु, मनसुनमा जोखिम झन् उच्च


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : २५   बजे

काठमाडौं । नेपालमा सर्पदंश जटिल जनस्वास्थ्य समस्या र विपद् व्यवस्थापनको चुनौतीका रूपमा देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)का अनुसार पछिल्लो १० वर्षमा सर्पको टोकाइबाट देशभर ३०१ जनाको मृत्यु भएको छ।

वि.सं. २०७३ देखि २०८३ असार मसान्तसम्मको अवधिमा देशभर एक हजार ६७८ वटा सर्पदंशका घटना अभिलेख गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। सर्पदंशबाट मृत्यु हुनेमध्ये ४२ प्रतिशत महिला र २२ प्रतिशत बालबालिका रहेका छन्।

सर्पदंशका घटना विशेषगरी तराई तथा भित्री मधेसका जिल्लामा बढी हुने गरेका छन्। मनसुनका बेला बाढी तथा डुबानका कारण सर्पहरू सुरक्षित स्थान खोज्दै मानव बस्तीमा पस्ने भएकाले जोखिम थप बढ्ने गरेको छ।

समयमै उपचार नपाउँदा मृत्यु

‘सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुसार सर्पले टोकेपछि समयमै स्वास्थ्य संस्थामा नपुग्नु मृत्युको प्रमुख कारणमध्ये एक हो।

ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सर्पले टोकेपछि धामी–झाँक्री तथा घरेलु उपचारमा भर पर्ने प्रवृत्ति रहेको छ। विषालु सर्पको टोकाइमा एन्टीस्नेक भेनम समयमै उपलब्ध नहुँदा र बिरामीलाई अस्पताल पुर्याउन ढिलाइ हुँदा अवस्था गम्भीर बन्न सक्छ।

ग्रामीण क्षेत्रमा सर्पदंश उपचार केन्द्रको सीमित पहुँच, एन्टीभेनमको नियमित उपलब्धताको समस्या तथा विषालु सर्पको पहिचान र उपचारमा दक्ष जनशक्तिको अभावले पनि जोखिम बढाएको छ।

तराईका जिल्लामा बढी जोखिम

एनडीआरआरएमएको विवरणअनुसार मधेस प्रदेशका सबै आठ जिल्ला सर्पदंशको उच्च जोखिममा छन्। कोसी प्रदेशका झापा, मोरङ र सुनसरी, बागमती प्रदेशको चितवन तथा गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) पनि बढी प्रभावित जिल्लामा पर्छन्।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रसमेत सर्पदंशको उच्च जोखिममा छन्। खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा संकलन गर्ने व्यक्ति, घरबाहिर सुत्ने मानिस र बालबालिका बढी जोखिममा रहने गरेका छन्।

जलवायु परिवर्तनले थप्दैछ जोखिम

सर्पदंशको समस्या स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित छैन। वन विनाश, बस्ती विस्तार, अनियमित सहरीकरण तथा वातावरणीय परिवर्तनका कारण सर्पको प्राकृतिक बासस्थानमा असर पर्दा मानव र सर्पबीचको सम्पर्क बढिरहेको छ।

जलवायु परिवर्तनका कारण तापक्रम र वर्षाको ढाँचामा आएको परिवर्तनले सर्पको गतिविधि तथा बासस्थानमा प्रभाव पार्न सक्ने कार्ययोजनामा उल्लेख छ। बाढी तथा डुबानका बेला सर्पहरू घर तथा मानव बस्तीमा पस्ने सम्भावना बढ्ने भएकाले विपद्का समयमा सर्पदंशको जोखिमसमेत उच्च हुने गरेको छ।

त्यसैले सर्पदंशलाई जनस्वास्थ्यसँगै वातावरण, जलवायु परिवर्तन, विपद् जोखिम र समुदायको व्यवहारसँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

तत्काल स्वास्थ्य संस्थामा पुर्याउन सुझाव

सर्पदंशको उपचारमा एन्टीभेनम अत्यावश्यक भए पनि औषधि उपलब्धतासँगै बिरामीलाई छिटो स्वास्थ्य संस्थामा पुर्याउने व्यवस्था, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र उपचार केन्द्रको सुदृढीकरण आवश्यक रहेको बताइएको छ।

विषालु सर्पले टोकेको अवस्थामा बिरामीलाई तत्काल उपयुक्त स्वास्थ्य संस्थामा पुर्याउन सके उपचारको सम्भावना बढ्छ। सर्पले टोकेपछि टोकेको स्थान चिर्ने, विष चुस्ने, डोरी वा कपडाले कस्ने, घाउमा रासायनिक पदार्थ लगाउने तथा झारफुक गर्ने जस्ता अभ्यास नगर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

देउवाले सर्वोच्चमा पेस गरेको रिट फिर्ता लिए, सोमबार पुनः दर्ता गर्ने तयारी

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

Swedish Minister’s Star of David Necklace Sparks Debate on Anti-Semitism

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu