ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन संयुक्त अपिल


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ३ : ४५   बजे

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३५औँ केन्द्रीय, नेपाल इन्जिनियरिङ परिषद् तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया निष्पक्ष, समावेशी र पारदर्शी बनाउन सरोकारवालाले संयुक्त अपिल गरेका छन्।

संयुक्त अपिलमा एसोसिएसनमा कुल सदस्य संख्या करिब ४६ हजार रहेको उल्लेख गर्दै हाल करिब १४ हजार २९४ सदस्य मात्र कायम देखिएको भन्दै आपत्ति जनाइएको छ। यसअनुसार करिब ३२ हजार सदस्य निर्वाचन प्रक्रियाबाट बाहिरिने अवस्था देखिएको उनीहरूको दाबी छ।

ठूलो संख्यामा सदस्यलाई निर्वाचनबाट बाहिर राखेर गरिने निर्वाचनले उचित र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न नसक्ने उनीहरूले बताएका छन्।

सदस्यता र मतदाता नामावलीमा प्रश्न

अपिलकर्ताहरूले निर्वाचनको मिति, कार्यक्रम तथा कार्यतालिका, सदस्यता व्यवस्थापन र मतदाता नामावलीजस्ता विषयमा सम्बन्धित सरोकारवालासँग पर्याप्त र औपचारिक परामर्श गर्न माग गरेका छन्।

सदस्यता प्रक्रिया साउन १७ गतेदेखि रोकिएको भए पनि सोही समयमा सम्बन्धित पक्षसँग आवश्यक परामर्श हुन नसकेको उनीहरूको भनाइ छ। अन्तिम सदस्यता विवरण सार्वजनिक तथा प्रमाणीकरण हुनुपर्ने अवस्थामा त्यसो हुन नसक्नु निर्वाचन प्रक्रियाको गम्भीर त्रुटि भएको उनीहरूले बताएका छन्।

उनीहरूले सबै सरोकारवालाको सुझाव र निष्पक्ष अध्ययनपछि निर्वाचन कार्यतालिकामा पुनः परामर्श गरी त्यसलाई समयअनुकूल, व्यावहारिक, समावेशी र सर्वस्वीकार्य बनाउन माग गरेका छन्।

निर्वाचन समितिमा प्रतिनिधित्व माग

संयुक्त अपिलमा निर्वाचन समितिमा सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व सुनिश्चित गरी समयमै समिति गठन गर्नसमेत माग गरिएको छ।

निर्वाचनको मुख्य आधार नै सदस्यता विवरण भएकाले सदस्यताको तथ्यांकमा पारदर्शिता कायम नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु उचित नहुने उनीहरूको तर्क छ।

अपिलकर्ताहरूले आफ्ना माग कुनै पक्ष वा समूहको समर्थन अथवा विरोधमा नभएको स्पष्ट पारेका छन्। निष्पक्ष, समावेशी, पारदर्शी, विश्वसनीय र सर्वस्वीकार्य निर्वाचन सुनिश्चित गर्नु नै आफूहरूको उद्देश्य रहेको उनीहरूको भनाइ छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

सांसद खगेन्द्र सुनारले भने– प्रहरी संगठनसँग मेरो कुनै व्यक्तिगत विवाद छैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सीजी इलेक्ट्रोनिक्सद्वारा एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना

जेनजी आन्दोलनमा क्षतिग्रस्त कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद

सांसद खगेन्द्र सुनारले भने– प्रहरी संगठनसँग मेरो कुनै व्यक्तिगत विवाद छैन

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन बैठकमा सांसद तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

रास्वपाले नौ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो, विभिन्न जिम्मेवारीसमेत बाँडफाँट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu