ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईजीपीलाई खगेन्द्र सुनारको चुनौती : ‘मानमर्दन भयो भने अदालत जानुस्, कठघरामा जवाफ दिन म तयार छु’


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ४ : ०५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि आफूले उठाएका प्रश्नबाट कसैको मानमर्दन भएको लागेको भए अदालतमा मुद्दा दायर गर्न चुनौती दिएका छन्। उनले आफू अदालतको कठघरामा उभिएर आफ्ना भनाइको जवाफ दिन तयार रहेको बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले नेपाल प्रहरीभित्रको स्रोत–साधन खरिद प्रक्रिया र टेन्डरसम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएका हुन्। उनले निश्चित बिचौलियाहरूले प्रहरी प्रधान कार्यालयमाथि प्रभाव जमाएको आरोपसमेत लगाए।

सुनारले आफूले यसअघि उठाएको प्रश्नबाट पछि नहट्ने स्पष्ट पार्दै भने, ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।’

‘१५ दिनमा मागेको कागजात आयो कि आएन ?’

प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको आशंकासम्बन्धी कागजात मागिएको विषयमा उनले समितिमै प्रश्न उठाए।

उनका अनुसार, करिब १५ दिनभित्र आवश्यक विवरण र कागजात उपलब्ध गराउन भनिए पनि त्यसको अवस्था स्पष्ट हुन सकेको छैन।

‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ?’ उनले प्रश्न गरे।

यहीबीच नेपाल प्रहरीले करोडौँ रुपैयाँको नयाँ टेन्डर आह्वान गरेको उल्लेख गर्दै सुनारले खरिद प्रक्रियामाथि थप शंका व्यक्त गरे।

‘बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्’

सुनारले प्रहरी संगठनभित्र बाह्य प्रभाव र बिचौलियाको चलखेल रहेको गम्भीर आरोप लगाए।

‘फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,’ उनले भने।

उनले आईजीपी र प्रहरी नेतृत्वमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। सार्वजनिक निकायको खरिद प्रक्रियामा प्रश्न उठेपछि त्यसको जवाफ र आवश्यक कागजात सार्वजनिक रूपमा उपलब्ध गराउनुपर्ने उनको माग थियो।

‘मानमर्दन भएको लागे अदालत जानुस्’

आफ्ना अभिव्यक्तिमाथि आपत्ति जनाउने प्रहरी अधिकारी वा अन्य कसैलाई लक्षित गर्दै सुनारले कानुनी बाटो अपनाउन चुनौती दिए।

उनले भने, ‘कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’

सार्वभौम संसदअन्तर्गतको समितिमा उपस्थित भएर सार्वजनिक पदाधिकारीले व्यक्तिगत आक्रोश वा जुहारीमा उत्रन नहुने उनको भनाइ थियो।

‘तर एउटा सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,’ उनले भने।

प्रहरी खरिद र संसदीय निगरानीको बहस

सुनारको अभिव्यक्तिसँगै नेपाल प्रहरीको स्रोत–साधन खरिद, करोडौँका टेन्डर र प्रहरी प्रधान कार्यालयभित्र सम्भावित बिचौलिया प्रभावको विषय फेरि संसदीय बहसको केन्द्रमा आएको छ।

अब सांसद सुनारले माग गरेका खरिदसम्बन्धी कागजात उपलब्ध हुन्छन् वा हुँदैनन्, उनले उठाएका आरोपमाथि छानबिन हुन्छ वा हुँदैन, र प्रहरी नेतृत्वले सार्वजनिक रूपमा कस्तो जवाफ दिन्छ भन्ने विषय चासोको केन्द्रमा रहनेछ।

सुनारले भने आफू पछाडि नहट्ने स्पष्ट सन्देश दिएका छन्—आरोप प्रमाणित नभएको अवस्थामा कानुनी जवाफदेहिताका लागि तयार रहेको दाबी गर्दै उनले आईजीपी र प्रहरी नेतृत्वमाथि उठाएका प्रश्नको छानबिन हुनैपर्ने अडान दोहोर्‍याएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका विपद् प्रभावितलाई राहतमा कमी हुन दिँदैनौँ : मुख्यमन्त्री आचार्य

देश निर्माणका लागि ‘श्रम संस्कृति’ मात्रै राजनीतिक शक्ति हो : महासचिव राई

सम्बन्धित

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ठूला तीन जलविद्युत् आयोजनामा बैंकको करिब १ खर्ब लगानी, ९८ अर्ब ३४ करोड ऋण जुट्यो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu