ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतमा बेचिनबाट जोगिए नौ नेपाली महिला


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ०५   बजे

काठमाडौं । कुवेतमा बन्धक बनाएर राखिएकी एक नेपाली महिलाको उद्धारपछि प्रहरीले मानव तस्करीमा संलग्न गिरोहको खोजी तीव्र बनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले कुवेत पठाउन तयारी अवस्थामा राखिएका नौ नेपाली महिलाको समेत काठमाडौंको टोखाबाट उद्धार गरेको छ।

केही दिनअघि राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीलाई एक युवाले फोन गर्दै आफ्नी दिदी कुवेतमा बन्धक जीवन बिताइरहेको जानकारी गराएका थिए। उनले बन्धक बनाइएको स्थानको लोकेसनसमेत उपलब्ध गराएपछि विभागले उक्त सूचना प्रधानमन्त्री कार्यालयको टोलीलाई पुर्‍याएको थियो। सोही सूचनाका आधारमा सरकारले ती महिलाको उद्धार गरी साउन ३० गते नेपाल ल्याएको हो।

प्रहरीका अनुसार ती महिलालाई मानव तस्करीमा संलग्न समूहले सुरुमा भिजिट भिसामा ओमान पुर्‍याएको थियो। त्यसपछि घरेलु कामदारका रूपमा कुवेत पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

एक महिला पक्राउ

उद्धार गरिएकी महिलासँग सोधपुछ गर्दा उनलाई विदेश पठाउने समूहबारे महत्वपूर्ण सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। सोही आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा झापाकी ममता चापागाईं पक्राउ परेकी छन्। उनलाई थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।

खड्काका अनुसार पक्राउ परेकी चापागाईंको संलग्नतामा अन्य नौ महिलालाई समेत कुवेत पठाउने तयारी भइरहेको खुलेको छ।

टोखाबाट नौ महिलाको उद्धार

प्रहरीले काठमाडौंको टोखास्थित एक घरमा सेल्टर बनाएर राखिएका नौ नेपाली महिलाको पनि उद्धार गरेको छ। उनीहरूलाई गिरोहले ओमान पठाउने भन्दै भदौ ५ गतेको टिकट देखाएर उक्त घरमा राखेको प्रहरीको भनाइ छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भदौ ३ गते राति उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका महिलालाई विदेश पठाउने तयारीमा संलग्न अन्य व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

‘फ्री भिसा’को नाममा तस्करी

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले विभिन्न जिल्लाका आर्थिक रूपमा कमजोर तथा सामान्य लेखपढसमेत गर्न नसक्ने महिलालाई ‘फ्री भिसा’मा ओमान लैजाने प्रलोभन दिने गरेको पाइएको छ।

ओमान पुगेपछि उनीहरूलाई कुवेत पठाएर घरेलु कामदारका रूपमा काममा लगाउने गरिएको प्रहरीको भनाइ छ। कुवेत पुगेपछि नेपाली महिलालाई काममा लगाउने व्यक्तिहरूले मानव तस्करीमा संलग्न गिरोहलाई ठूलो रकम दिने गरेको समेत अनुसन्धानबाट खुलेको बताइएको छ।

प्रहरीका अनुसार श्रम स्वीकृतिबिना नेपाली महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाउने कार्यमा संलग्न गिरोहले आर्थिक प्रलोभनमा पारेर तस्करी गर्ने गरेको देखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा उद्धार गरिएका महिलामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Robot Sector Shifts Focus From Demonstration to Commercial Application

Xi Jinping Congratulates Hakainde Hichilema on Zambian Re-election

९ महिनादेखि नेतृत्वविहीन राष्ट्रिय परीक्षा बोर्ड, नीतिगत निर्णयमा असर

Global Governments Prepare for Intensifying El Niño Impacts

Trump Threatens Global Sanctions on Iran Trade, Faces Implementation Challenges

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu