ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन सुधार्न संघ र महानगरबीच सहकार्य आवश्यक : मन्त्री तिमिल्सिना


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ०५   बजे

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधानका लागि संघीय सरकार र काठमाडौँ महानगरपालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीयवासीका गुनासा तथा भइरहेको कामबारे काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग बिहीबार सञ्चार मन्त्रालयमा छलफल गर्दै मन्त्री तिमिल्सिनाले ल्यान्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्रका लागि आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताए।

बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीले ल्यान्डफिल साइटसम्म पुग्ने सडक जीर्ण रहेको, फोहोरबाट दुर्गन्ध फैलिएको, फोहोर बोकेका सवारीसाधन नछोपी सञ्चालन हुने गरेको तथा बाटोमै फोहोर खसाल्ने गरिएको गुनासो गर्दै आएका छन्। फोहोर विसर्जनपछि सवारीसाधन नधोई उपत्यका फर्काउने तथा पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) काममा समेत लापरवाही भइरहेको उनीहरूको गुनासो छ।

मन्त्री तिमिल्सिनाले आफू निर्वाचित क्षेत्रबाट बञ्चरेडाँडासम्बन्धी धेरै गुनासा आएपछि महानगरपालिकाकी कार्यवाहक प्रमुखसँग छलफल गरेको बताए।

“फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने बाटो वरपरका स्थानीय वास्तवमै पीडित छन्। त्यहाँ दुर्गन्ध फैलिएको छ र विभिन्न रोगको संक्रमण बढेको गुनासो पनि आएको छ,” उनले भने।

फोहोर विसर्जनपछि समयमा माटोले नछोप्दा दुर्गन्ध फैलिने भएकाले क्यापिङको काम प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।

फोहोर व्यवस्थापनको खर्च महानगरले मात्रै व्यहोर्नुपरेको गुनासो

छलफलमा कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौँसहित उपत्यकाका अन्य स्थानीय तहबाट फोहोर जाने भए पनि व्यवस्थापनको अधिकांश आर्थिक दायित्व काठमाडौँ महानगरपालिकाले मात्रै व्यहोर्दै आएको बताइन्।

“फोहोर व्यवस्थापनका लागि लाग्ने खर्च सबै पालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए। तर, अहिलेसम्मको अधिकांश खर्च काठमाडौँ महानगरपालिकाले मात्रै व्यहोर्दै आएको छ,” उनले भनिन्।

अन्य स्थानीय तहले पनि आर्थिक योगदान गर्ने हो भने बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीको समस्या समाधान गर्न थप सहज हुने उनको भनाइ छ।

डंगोलले फोहोर संकलनस्थल तथा कुहिने र नकुहिने फोहोर छुट्याउने केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न नसकिएको जानकारी दिइन्।

सात क्लस्टरमा फोहोर व्यवस्थापन गर्ने योजना

महानगरपालिकाले विकेन्द्रित फोहोरमैला व्यवस्थापनको अवधारणाअनुसार काठमाडौँलाई सातवटा फोहोर क्लस्टरमा विभाजन गरी सुक्खा फोहोर पुनःप्रयोग तथा रिसाइकल गर्ने योजना अघि सारेको छ। तर आवश्यक जग्गा प्राप्ति र अन्य प्रक्रिया पूरा हुन नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको डंगोलले बताइन्।

बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० वटा पालिकाबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई फोहोर व्यवस्थापनको जिम्मेवारीमा पर्याप्त रूपमा सहभागी गराउन नसकिएको महानगरपालिकाको भनाइ छ।

छलफलमा ल्यान्डफिल साइटमा जाने फोहोरको मात्रा घटाउने, स्रोतमै फोहोर वर्गीकरण गर्ने तथा संकलन र ढुवानी प्रणाली व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो।

महानगरपालिकाले आवश्यक सहयोगबारे जानकारी गराएपछि सरकारले सहयोग गर्ने र समस्या समाधानका लागि द्रुत पहल गर्ने मन्त्री तिमिल्सिनाले बताएका छन्।

दैनिक दुई सयभन्दा बढी ट्रक बञ्चरेडाँडा पुग्छन्

महानगरपालिकाका अनुसार बञ्चरेडाँडा पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने छ। स्रोतमै फोहोर छुट्याउने अभ्यास प्रभावकारी नहुँदा वर्गीकरणमा समस्या देखिएको र त्यसले ल्यान्डफिल साइटमा थप चुनौती सिर्जना गरेको महानगरपालिकाले जनाएको छ।

दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन्। वर्षायाममा सडकको अवस्था बिग्रिँदा सवारीसाधन बाटोमै अड्किने, दुर्गन्ध फैलिने र स्थानीय जनजीवन प्रभावित हुने समस्या रहेको बताइएको छ।

२०७९ देखि फोहोर विसर्जन

नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहोर विसर्जन सुरु गरिएको हो। यो ल्यान्डफिल साइट नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Robot Sector Shifts Focus From Demonstration to Commercial Application

Xi Jinping Congratulates Hakainde Hichilema on Zambian Re-election

९ महिनादेखि नेतृत्वविहीन राष्ट्रिय परीक्षा बोर्ड, नीतिगत निर्णयमा असर

Global Governments Prepare for Intensifying El Niño Impacts

Trump Threatens Global Sanctions on Iran Trade, Faces Implementation Challenges

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu