बागलुङ । लियो क्लब अफ बागलुङ पिस टाउनले आफ्नो तेस्रो ‘चार्टर डे’को अवसरमा कुकुर सेल्टरलाई खाद्यान्न सहयोग गरेको छ।
लायन्स क्लब अफ बागलुङ पिस टाउन र लियो क्लब अफ बागलुङ पिस टाउनको संयुक्त आयोजनामा बागलुङ नगरपालिकाको पशुसेवा शाखामार्फत सञ्चालित कुकुर सेल्टरलाई आवश्यक खाद्यान्न सामग्री सहयोग गरिएको हो।
लायन्स डिस्ट्रीक ३२५ जे नेपालका डिस्ट्रीक एड्भाइजर तथा लियो एड्भाइजर तुलसी रेग्मी, लायन्स क्लब अफ बागलुङ पिस टाउनका तेस्रो उपाध्यक्ष ज्योति केसी बिष्ट, लियो डिस्ट्रीक ३२५ जे नेपालका चिफ रिजन को–अर्डिनेटर किरण रेग्मी, रिजन धौलागिरीका रिजन को–अर्डिनेटर योगराज कँडेल र लियो क्लब अफ बागलुङ पिस टाउनका अध्यक्ष प्रमिला कँडेलले पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए।
पशु संरक्षणमा सहकार्य आवश्यक
लियो क्लबका अध्यक्ष प्रमिला कँडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तुलसी रेग्मीले पशु संरक्षण तथा व्यवस्थापनका लागि समुदाय, स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताए।
नगरपालिकाले सञ्चालन गरेको कुकुर सेल्टरमार्फत छाडा तथा असहाय सामुदायिक कुकुरको व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले क्लबको विशेष दिनमा खाद्यान्न सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष कँडेलले बताइन्।
क्लबले पशुसेवा शाखामार्फत सेल्टरलाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको हो। सहयोगले सेल्टरमा रहेका छाडा तथा असहाय कुकुरको व्यवस्थापनमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्