ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका सबै अंग जिम्मेवार हुनुपर्छ : दुलाल


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ३५   बजे

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वायत्तता र सुशासन कायम गर्ने विषयमा राज्यका प्रमुख सबै अंग उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दुलालले आफ्नो दल अख्तियारको स्वायत्तताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। संवैधानिक निकायलाई सक्षम, प्रभावकारी र स्वतन्त्र बनाउन संसदीय समिति निरन्तर सक्रिय रहने उनको भनाइ थियो।

दुलालले अख्तियारले प्रस्तुत गरेको तथ्यांक तथा कार्यसम्पादनको प्रवृत्तिमाथि विश्लेषण गर्दै भ्रष्टाचारसम्बन्धी मुद्दाको सफलताको दरमा देखिएको उतारचढावप्रति चासो व्यक्त गरे।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने जिम्मेवारी अख्तियारको मात्र नभएको स्पष्ट पारे। कार्यपालिका, न्यायपालिका र महालेखा परीक्षकको कार्यालयबीचको प्रभावकारी समन्वय तथा इमानदार प्रयासबाट मात्रै भ्रष्टाचार न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।

‘विगतमा मुद्दाको सफलता दर ८५ प्रतिशतसम्म देखिएकोमा पछिल्लो समय केही फैसलामा ५२ प्रतिशत मात्र सफलता प्राप्त हुनुले अनुसन्धान र न्याय सम्पादनको प्रवृत्तिमा प्रश्न उब्जाएको छ,’ दुलालले भने।

कार्यपालिका सुशासनप्रति प्रतिबद्ध भए भ्रष्टाचारका घटना घट्ने, न्यायपालिका जिम्मेवार भए दोषीले सजाय पाउने र महालेखाले प्रभावकारी परीक्षण गरे प्रमाण स्थापित हुने उनको तर्क थियो। तर यी तीनै निकायमा देखिएका कतिपय समस्याले भ्रष्टाचारलाई प्रोत्साहन गरिरहेको उनले बताए।

‘मुद्दा उन्मुक्तिले अनुसन्धानकर्तामा निराशा’

दुलालले लामो अनुसन्धानपछि प्रमाण जुटाएर दायर गरिएका गम्भीर प्रकृतिका मुद्दामा प्राविधिक कारण देखाउँदै अदालतबाट उन्मुक्ति दिने प्रवृत्तिले अनुसन्धानकर्तामा निराशा पैदा गरेको बताए।

‘निकै मेहनतका साथ प्रमाण जुटाएर दायर गरिएका कतिपय गम्भीर प्रकृतिका मुद्दामा प्राविधिक कारण देखाई अदालतबाट उन्मुक्ति दिने प्रवृत्तिले अनुसन्धानकर्ताहरूमा नैराश्यता पैदा गरेको छ,’ उनले भने।

उच्च पदस्थ व्यक्तिहरू पदमा बहाल रहँदा मुद्दा चलाउन नमिल्ने र पदमुक्त भएपछि मात्र कानुनी दायरामा ल्याउन सकिने विद्यमान व्यवस्थाले पनि भ्रष्टाचार नियन्त्रणमा चुनौती थपेको दुलालको भनाइ थियो।

उनले अख्तियारको अनुसन्धान प्रक्रिया र अदालतबाट हुने फैसलाबीचको तादात्म्यबारे समेत आयोगको ध्यानाकर्षण गराए। भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत व्यवस्थामा देखिएका समस्याको समाधानसँगै राज्यका सबै निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Imran Khan, Former Pakistan Prime Minister, Moved to Hospital From Jail

China and Russia Condemn Japan’s Nuclear Ambitions, Warn of Arms Race

Russian Farmer Fined for Shooting at Drone Has Penalty Overturned

Belgian University Suspends Researcher Amid Jason Arday Plagiarism Case

US Imposes New Sanctions on Cuban Mining and Construction Sectors

Walmart Sales Growth Slows As US Consumers Adjust Spending Amid Rising Fuel Costs

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu