ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ४५   बजे

नवलपुर । गैँडाकोट नगरपालिका–१४ का साढे दुई वर्षीय बालक शिवान तामाङ दुई दिनपछि शंखदेवी सामुदायिक वनबाट सकुशल फेला परेका छन्।

भदौ २ गते बिहान करिब ७ बजे हेमकुमारी आले च्याउ टिप्न घरनजिकैको शंखदेवी सामुदायिक वनतर्फ गएकी थिइन्। उनलाई नाती शिवान पनि पछिपछि जंगलतर्फ गएको थाहा भएन।

घरबाट केही टाढा पुगेपछि शिवानका हजुरबुवाले ‘बाबु कता जान्छौ?’ भनेर सोधेका थिए। तर शिवानले कुनै जवाफ नदिई हजुरआमालाई पछ्याउँदै अघि बढेका थिए।

हेमकुमारी च्याउ टिपेर घर फर्किएपछि नाती घरमा नभएको थाहा पाइन्। त्यसपछि परिवार र स्थानीयवासीले खोजी सुरु गरेका थिए। बालक नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

इलाका प्रहरी कार्यालय गैँडाकोटले नजिकका प्रहरी इकाई तथा सशस्त्र प्रहरीलाई समेत परिचालन गरेको थियो। प्रहरीका करिब ५० जना र स्थानीयवासी गरी झण्डै २५० जनाको टोली जंगलमा खोजीमा खटिएको थियो। भदौ २ गते राति ८ बजेसम्म टर्चलाइटको सहायताले खोजी गरिए पनि बालक फेला परेनन्।

भदौ ३ गते पनि खोजीलाई निरन्तरता दिइएको थियो। प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले जंगलका विभिन्न क्षेत्रमा खोजी गरेका थिए।

भागर खोला नजिकै रुँदै गरेको अवस्थामा भेटिए

भदौ ४ गते बिहान करिब १० बजे शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलानजिकको कोप्चेरोमा शिवानलाई रुँदै गरेको अवस्थामा फेला पारिएको हो।

फेला परेपछि बालकलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकले शरीरका विभिन्न भागमा सामान्य चोट देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्।

इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण गिरीले शिवानलाई भेटेर स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए।

दुई दिनसम्मको खोजीपछि बालक सकुशल फेला परेपछि परिवार र खोजीमा खटिएका स्थानीयवासी तथा सुरक्षाकर्मीले राहत महसुस गरेका छन्।

प्रहरीले बालबालिकालाई घरबाहिर लैजाँदा तथा उनीहरू वरपर हुँदा विशेष निगरानी राख्न अभिभावकलाई आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Robot Sector Shifts Focus From Demonstration to Commercial Application

Xi Jinping Congratulates Hakainde Hichilema on Zambian Re-election

९ महिनादेखि नेतृत्वविहीन राष्ट्रिय परीक्षा बोर्ड, नीतिगत निर्णयमा असर

Global Governments Prepare for Intensifying El Niño Impacts

Trump Threatens Global Sanctions on Iran Trade, Faces Implementation Challenges

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu