ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा उद्योग वाणिज्य संघको चुनावमा १० सदस्य उम्मेदवार एक भएर जाने


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न ७२औँ अधिवेशन तथा ३६औँ महाधिवेशनमा सदस्य पदका १० उम्मेदवारले साझा रूपमा निर्वाचनमा जाने निर्णय गरेका छन्।

अध्यक्षका उम्मेदवारहरूले छुट्टाछुट्टै प्यानल बनाउने तयारी गरिरहेका बेला सदस्य पदका १० आकांक्षी भने एक भएर अघि बढ्ने भएका हुन्।

‘अध्यक्षहरूको प्यानल भएन। हामी सदस्यहरू भने एक भएर जाने भएका छौँ। पछि कसलाई समर्थन गर्ने भन्ने सोचौँला, तर अहिलेका लागि हामी एक भएर हिँडेका हौँ,’ सदस्य पदका एक उम्मेदवारले भने।

उनका अनुसार सदस्य पदमा १० जना निर्वाचित हुने व्यवस्था रहेकामा ८ जना यसअघिको कार्यसमितिमा रहेका र २ जना नयाँ उम्मेदवार रहेका छन्।

सदस्य पदमा अमृत पोखरेल, सूर्यराज घिमिरे (सुरेश), दुर्गा बराल, नवीन नापित, मनोहरि पौडेल, राम कँडेल, दुधमान गुरुङ (आशिष), कमलबहादुर सुनार, एकनारायण गौतम र भानुभक्त अधिकारी संयुक्त रूपमा निर्वाचनमा जाने भएका छन्।

उम्मेदवारहरूले जारी गरेको विज्ञप्तिमा आम पोखरेली उद्योगी–व्यवसायीको चाहनाअनुसार महाधिवेशनमा सदस्य पदका उम्मेदवारहरू एक भएर अध्यक्ष तथा पदाधिकारीका साझा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उल्लेख छ।

साझा घोषणापत्र र एजेन्डा बनाउने

निर्वाचन जित्नेमात्र नभई पोखरा उद्योग वाणिज्य संघलाई थप बलियो, एकताबद्ध र प्रभावकारी संस्था बनाउने उद्देश्यले निर्वाचनपछि पनि आपसी सहकार्यलाई निरन्तरता दिने उनीहरूले बताएका छन्।

उनीहरूले निर्वाचनका लागि साझा घोषणापत्र र एउटै एजेन्डा तयार गरी संघका सदस्यहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने निर्णयसमेत गरेका छन्।

यस्तो छ निर्वाचन तालिका

पोखरा उद्योग वाणिज्य संघको निर्वाचन तालिकाअनुसार भदौ ५ गते उम्मेदवारको मनोनयनपत्र वितरण हुनेछ भने भदौ ८ गते मनोनयनपत्र दाखिला गरिनेछ। सोही दिन उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

भदौ २० र २१ गते ३६औँ महाधिवेशन सम्पन्न हुनेछ।

सन् २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७३१ सदस्य आबद्ध छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ठूला तीन जलविद्युत् आयोजनामा बैंकको करिब १ खर्ब लगानी, ९८ अर्ब ३४ करोड ऋण जुट्यो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu