ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा रंगशालामा फ्लडलाइट जडानका लागि अध्ययन सुरु


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : २५   बजे

पोखरा रंगशालामा फ्लडलाइट राख्न अध्ययन सुरु, विमानस्थलको उचाइ मापदण्ड मुख्य चुनौती

पोखरा । पोखरा रंगशालास्थित फुटबल स्टेडियममा फ्लडलाइट जडानका लागि अध्ययन सुरु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण अन्तर्राष्ट्रियस्तरको फुटबल मैदानका लागि आवश्यक संरचना निर्माणमा समस्या देखिँदै आएको रंगशालामा बजेट विनियोजन भएपछि फ्लडलाइट जडानको सम्भाव्यता अध्ययन थालिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका इन्जिनियर कृष्णप्रसाद पौडेलसहितको टोलीले रंगशालाको स्थलगत अध्ययन गरेको छ। पौडेलका अनुसार विमानस्थलको सुरक्षा मापदण्डलाई ध्यानमा राखेर फ्लडलाइट टावरको उचाइ निर्धारण गरिनेछ।

‘लाइट राख्न धेरै पक्षबाट हेर्नुपर्ने हुन्छ। एक चरणको भ्रमण गरेपछि अब जिल्ला खेलकुद विकास समितिसँग के–के तथ्यांक छ, त्यो हेर्छौँ अनि कति उचाइको लाइट राख्न मिल्छ भनेर भन्छौँ,’ उनले भने।

विमानस्थलका कारण रोकिएको थियो फ्लडलाइट

पोखरा रंगशालादेखि पूर्वतर्फ करिब डेढ किलोमिटरको दूरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि रंगशालामा फ्लडलाइट जडान गर्न समस्या देखिएको हो।

रंगशाला विमानस्थलको रनवेको तुलनामा करिब १०० फिट उचाइमा रहेकाले फ्लडलाइट टावर निर्माण गर्दा विमानस्थलको उडान सुरक्षासम्बन्धी मापदण्ड प्रभावित हुन सक्ने देखिएको छ।

रंगशालामा क्यानोपी लाइट राख्न सकिने भए पनि त्यसबाट फुटबल खेल सञ्चालन गर्न सम्भव भए पनि एथलेटिक्स प्रतियोगिता सञ्चालनमा समस्या हुने बताइएको छ।

फिफाको मापदण्डअनुसार अन्तर्राष्ट्रिय फुटबल मैदानमा फ्लडलाइट र स्कोर बोर्ड आवश्यक हुन्छ। फ्लडलाइट जडान सम्भव नभएको अवस्थामा निश्चित मापदण्ड पूरा हुने गरी क्यानोपी लाइटको विकल्प पनि प्रयोग गर्न सकिने व्यवस्था छ।

१४ करोडसम्म लाग्ने अनुमान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फ्लडलाइट जडानका लागि २०७८ सालमै ६ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर अखिल नेपाल फुटबल संघ (एन्फा)ले फ्लडलाइटसहित आवश्यक संरचना निर्माणका लागि करिब १४ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ।

फिफाको मापदण्डअनुसार रंगशालाको उत्तर र दक्षिणतर्फ स्कोर बोर्ड तथा चारैतिर फ्लडलाइट राख्नुपर्ने हुन्छ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङका अनुसार फ्लडलाइटका लागि ५ करोड रुपैयाँ र सहरी विकास कार्यालयबाट थप ३ करोड रुपैयाँ विनियोजन भएको छ।

‘बजेट पर्याप्त छैन तर यसले काम गर्ने आधार दिएको छ। विमानस्थलले स्वीकृति दिए काम बन्छ,’ गुरुङले भने।

उनका अनुसार फ्लडलाइट, स्कोर बोर्ड र चेन्जिङ रुमलगायत संरचना नहुँदा रंगशालाले पूर्ण अन्तर्राष्ट्रियस्तरको मैदानको मान्यता पाउन सकेको छैन। विमानस्थलको स्वीकृति लिएर अब जसरी पनि फ्लडलाइट जडान गर्ने प्रयास भइरहेको उनले बताए।

विमानस्थलको उचाइ मापदण्ड हेरिने

रंगशाला विमानस्थलको रनवेभन्दा करिब १०० फिट उचाइमा रहेकाले विमानस्थलको ‘एप्रोच जोन’ वा ‘ट्रान्जिसन जोन’मा पर्ने सम्भावनासमेत अध्ययन गरिने भएको छ।

रनवे र जमिनको लेभलका आधारमा रंगशाला कुन जोनमा पर्छ भन्ने निर्धारण गरी फ्लडलाइट टावरको अधिकतम उचाइ गणना गरिनेछ।

एप्रोच जोनमा निश्चित दूरीसम्म संरचनाको उचाइमा कडा सीमा रहने भएकाले विमानस्थलको सुरक्षा मापदण्डलाई प्राथमिकतामा राखेर अध्ययन गरिने विमानस्थलका इन्जिनियर पौडेलले बताए।

२०४० सालमा बनेको मैदान

पोखरा रंगशालाको फुटबल मैदान २०४० सालमा निर्माण गरिएको थियो। २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पबाट प्यारापिटमा क्षति पुगेपछि राष्ट्रिय खेलकुद परिषद्ले करिब १ अर्ब २८ करोड रुपैयाँ खर्च गरी दुवैतर्फका प्यारापिट पुनर्निर्माण गरेको थियो।

तर फ्लडलाइट, स्कोर बोर्डलगायतका संरचना पूर्ण रूपमा निर्माण हुन नसक्दा रंगशालाले अपेक्षित अन्तर्राष्ट्रिय स्वरूप पाउन सकेको छैन। अहिले सुरु भएको अध्ययनपछि विमानस्थलबाट स्वीकृति प्राप्त भए फ्लडलाइट जडानको काम अघि बढ्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Embargo Fuels Crisis in Cuba, Media Reporting Lacks Context

Yoga Retreat Continues in Wales Despite Teacher’s Critical Illness

The Sleep of Reason: How Societal Shifts Create Space for ‘Monsters’

Nepal Sees Sharp Decline in Foreign Investment Commitments

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu