ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सेवा प्रवाहलाई चुस्त र नागरिकमैत्री बनाउन मुख्यमन्त्री भट्टको निर्देशन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ८ : ३५   बजे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीबाट कार्यालयको समग्र अवस्था, संगठन संरचना, कार्यसम्पादन तथा जिम्मेवारीबारे ब्रिफिङ लिँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन कार्यालयलाई थप सक्षम बनाउनुपर्ने बताए।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्मार्ट, चुस्त, प्रविधिमैत्री र प्रभावकारी समन्वय गर्न सक्ने प्रमुख प्रशासनिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

प्रदेशका सबै मन्त्रालय तथा निकायबीच प्रभावकारी समन्वय, सहजीकरण र अनुगमन गर्दै सरकारका निर्णयलाई परिणाममा रूपान्तरण गर्ने गरी कार्यालयको कार्यशैली विकास गर्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रो प्रदेश हामीले नै बनाउनुपर्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘समय व्यवस्थापनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका विषयमा कुनै कसर बाँकी राख्नु हुँदैन।’

नागरिकले सरकारबाट सहज र छिटो सेवा पाउने वातावरण निर्माण गर्नु प्रदेश सरकारको प्रमुख जिम्मेवारी भएको उनले बताए।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा विकास र समृद्धिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उपलब्ध सम्भावनालाई आर्थिक तथा सामाजिक रूपान्तरणमा बदल्न योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए।

गरिबी न्यूनीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। प्रदेश गौरवका आयोजना तथा रणनीतिक महत्वका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै प्रभावकारी कार्यान्वयनमा ध्यान दिनसमेत उनले निर्देशन दिए।

कर्मचारीलाई काम गर्ने क्रममा कुनै पनि प्रकारको लोभ–लालचमा नफस्न तथा निष्पक्ष र पारदर्शी ढंगले काम गर्न निर्देशन दिँदै मुख्यमन्त्री भट्टले भने, ‘फेयर भएर काम गर्नुस्, सुधार आवश्यक भएका ठाउँमा सुधारका काम तत्काल थाल्नुस्।’

प्रदेश सरकारका नीति, निर्णय र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशासनिक संयन्त्रबीच बलियो समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई त्यसको प्रभावकारी केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।

सो क्रममा प्रमुख सचिव वैकुण्ठप्रसाद अर्यालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संगठन संरचना, कार्यक्षेत्र, जिम्मेवारी, हालसम्मको कार्यसम्पादन तथा कार्यालयबाट भइरहेका कामकारबाहीबारे मुख्यमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।

मुख्यमन्त्री भट्टले कार्यालयको क्षमता अभिवृद्धि गर्दै प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

जय नेपाल पार्टीको मुख्य प्रतिस्पर्धी घण्टी : धवल शम्शेर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Embargo Fuels Crisis in Cuba, Media Reporting Lacks Context

Yoga Retreat Continues in Wales Despite Teacher’s Critical Illness

The Sleep of Reason: How Societal Shifts Create Space for ‘Monsters’

Nepal Sees Sharp Decline in Foreign Investment Commitments

सरकारी कर्मचारीको विदेश भ्रमण बढ्दो, एक वर्षमा १४८ देश पुगे १३ हजार ५३१ जना

बीपीएलको यस वर्षको संस्करण नहुने, पर्याप्त तयारी र गुणस्तरीय फ्रेन्चाइज अभाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu