ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानको फुकुओकामा नेपाली युवतीको शव भेटियो, हत्या आशंकामा पाँचजना नियन्त्रणमा


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ५५   बजे

फुकुओका, जापान । जापानको फुकुओका सहरस्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली युवती लक्ष्मी राजवंशी मृत अवस्थामा फेला परेकी छन्। अगस्ट १९ तारिख, अर्थात् भदौ ३ गते, उनी नदीमा शव अवस्थामा भेटिएकी हुन्।

झापा जिल्लाको भद्रपुर नगरपालिका–७, अन्जनी मोड घर भएकी राजवंशी जापानमा अध्ययनरत थिइन्। उनी फुकुओका सहरको चुओ वार्डमा रहेको एक व्यावसायिक विद्यालयकी विद्यार्थी रहेको बताइएको छ।

शरीरमा चोटका निशान, हत्या आशंकामा अनुसन्धान

जापानी सञ्चारमाध्यमका अनुसार राजवंशी नदीमा घोप्टो परेको अवस्थामा फेला परेकी थिइन्। उनको अनुहार र टाउकोमा चोटका निशान देखिएको जनाइएको छ।

शव फेला पर्दा उनले टी–सर्ट र छोटो पाइन्ट लगाएकी थिइन् भने खुट्टामा जुत्ता थिएन। घटनाको प्रकृति शंकास्पद देखिएपछि फुकुओका प्रहरीले दुर्घटनाको सम्भावनाभन्दा आपराधिक घटनाको कोणबाट अनुसन्धान अघि बढाएको बताइएको छ।

घटनामा पाँचजना नियन्त्रणमा

घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा जापान प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी प्राप्त भएको छ। उनीहरूको भूमिका र घटनाको विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

शव नेपाल ल्याउन पहल

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले घटनाको जानकारी पाएलगत्तै परराष्ट्र मन्त्रालय तथा जापानस्थित नेपाली निकायहरूसँग समन्वय भइरहेको बताएका छन्।

उनका अनुसार घटनाको छानबिन, दोषीमाथि कारबाही तथा मृतकको शव नेपाल ल्याउने प्रक्रियाका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय र जापानस्थित नेपाली दूतावाससँग आवश्यक सहजीकरण भइरहेको छ।

लक्ष्मी राजवंशी अध्ययनका लागि जापान पुगेकी थिइन्। उनको असामयिक र शंकास्पद मृत्युको खबरले झापास्थित परिवार, आफन्त तथा नेपाली समुदायमा शोक छाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

History Faces ‘Terminal Decline’ as AI and Digital Distraction Take Hold

प्रदीप पौडेलको आग्रह : फरक विचार बोकेर सानेपा आउनुस्, कांग्रेसको विवाद संवादबाटै समाधान गरौँ

Far-Right Surge Sweeps Across Latin America, Reversing Social Gains

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

सिद्धार्थ बैंकले ल्यायो व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइन खाता खोल्ने सेवा

सेना र सुरक्षासँग जोडिएको गम्भीर उजुरी संसदीय सुनुवाइ समितिमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu