ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि जमलमा तीनदिने ‘लोकदोहोरी मेला’, चलचित्र र लोकसंगीतका चर्चित कलाकारको जमघट


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १० : ५५   बजे

काठमाडौँ । नेपाली लोकसंगीत र दोहोरीको माहोललाई थप रौनकपूर्ण बनाउने उद्देश्यसहित तीनदिने ‘लोकदोहोरी मेला’ आजदेखि काठमाडौँको जमलस्थित टप दरबार रोधी क्लबमा सुरु हुँदैछ। क्लबको ग्रान्ड ओपनिङको अवसर पारेर आयोजना गरिएको मेलामा लोकदोहोरी, संगीत तथा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार र व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ।

भदौ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने मेलाको पहिलो दिन अभिनेता भुवन केसी, दिनेश डीसी, दुर्गेश थापा, नीर शाह, शिव श्रेष्ठ, ज्योति मगर, कृष्ण कँडेल, दुर्गा रायमाझी, नारायण रायमाझी, रीता थापा, प्रेम लोचन, सम्झना लामिछाने, सुरेश अधिकारी, पुष्कल शर्मा र चन्द्र शर्मालगायत कलाकार तथा विशिष्ट व्यक्तित्व सहभागी हुनेछन्।

लोकसंगीतदेखि प्रत्यक्ष दोहोरीसम्म

तीन दिनसम्म चल्ने मेलामा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरूको प्रत्यक्ष सांगीतिक प्रस्तुति, दोहोरी कार्यक्रम तथा विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन हुनेछन्।

टप दरबार रोधी क्लबमा नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारले समेत विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ। स्थापित कलाकारसँगै नयाँ पुस्ताका प्रतिभालाई पनि एउटै मञ्चमा प्रस्तुत गर्ने मेलाको मुख्य उद्देश्य रहेको बताइएको छ।

‘रोधीलाई व्यवस्थित र पारिवारिक बनाउन खोजेका छौँ’

टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीले आफू करिब २५ वर्षदेखि दोहोरी तथा रोधी क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै नयाँ र स्थापित दुवै पुस्ताका कलाकारलाई जोड्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।

उनले भने, “यो अवधिमा धेरै कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिन सकेँ। अब टप दरबार रोधीमार्फत नेपाली लोकसंगीत र कलाकारितालाई अझ व्यवस्थित ढंगले अगाडि बढाउने हाम्रो प्रयास हो।”

गिरीका अनुसार रोधीलाई केवल मनोरञ्जनको केन्द्रका रूपमा नभई नेपाली लोकसंस्कृति, संगीत, कलाकार र दर्शकबीचको साझा गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

उनले रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै यस क्षेत्रलाई सभ्य, व्यवस्थित र पारिवारिक वातावरणमा अगाडि बढाउनुपर्ने बताए।

“रोधी भनेको केवल मनोरञ्जन गर्ने ठाउँ मात्र होइन, हाम्रो लोकसंस्कृति र संगीतसँग जोडिएको एउटा परम्परा पनि हो,” उनले भने।

७ करोड लगानी, सयभन्दा बढीलाई रोजगारी

करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधी क्लबमा एकपटकमा करिब २०० जना अट्न सक्ने क्षमता रहेको छ। क्लबले प्रत्यक्ष रूपमा १०० भन्दा बढीलाई रोजगारी दिएको जनाएको छ।

नेपाली मौलिक परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति, आधुनिक प्रविधि, स्तरीय सेवा र पारिवारिक वातावरणलाई क्लबका प्रमुख विशेषताका रूपमा विकास गरिएको छ।

आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै नयाँ प्रतिभालाई स्थापित कलाकारसँगै आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउनु हो।

टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङ तथा लोकदोहोरी मेला भदौ ७ गतेसम्म हरेक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुनेछ।कार्यक्रम जमलस्थित विश्वज्योति मलको चौथो तलामा आयोजना गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासम्बन्धी गम्भीर उजुरी

लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सम्बन्धित

उपासना र बिक्कीको ‘डियर काव्या’ घोषणा, मंसिरबाट छायांकन

कलंकीमा खुल्यो ‘द डिभाइन डान्स स्टुडियो’, मिस पबीले गरिन् जुम्बा

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी–भाइको भावनात्मक सम्बन्धमा केन्द्रित

पाकिस्तानी टिकटकर एलिजे जमाली आफ्नो इन्स्टाग्राम अकाउन्ट सस्पेन्ड भएपछि भावुक

फिल्म ‘आशा’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन हुने

‘बदलिँदो समाज, बदलिँदो तीज’ नारासहित डिजिटल तीज गीत/भिडियो प्रतियोगिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu