ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बदलिँदो समाज, बदलिँदो तीज’ नारासहित डिजिटल तीज गीत/भिडियो प्रतियोगिता


ABC NEWS
४ भदौ २०८३, बिहिबार   २ : ४५   बजे

पर्वत । हरितालिका तीजको अवसरमा बुहारी ग्रुप अफ नेपालले डिजिटल प्रणालीमा आधारित खुला तीज गीत तथा भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

‘बदलिँदो समाज, बदलिँदो तीज’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा नेपाल तथा विदेशमा रहेका नेपालीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।

आयोजकका अनुसार एक समूहमा न्यूनतम पाँचदेखि अधिकतम १० जनासम्म सहभागी हुन सक्नेछन्। प्रतियोगिताका लागि तयार गरिने भिडियो चारदेखि छ मिनेटसम्मको हुनुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले आफ्नो भिडियो २०८३ भदौ १० गते राति १० बजेसम्म ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ। भिडियो पठाउँदा समूहको नाम, ठेगाना र सम्पर्क व्यक्तिको विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने आयोजकले जनाएको छ।

सामाजिक सञ्जालमा यसअघि नै सार्वजनिक भइसकेका भिडियो भने प्रतियोगितामा सहभागी गराउन पाइने छैन। मौलिक तथा नयाँ सिर्जनामा आधारित भिडियो मात्रै स्वीकार गरिने बुहारी ग्रुप अफ नेपालकी संयोजक लक्ष्मी तिवारीले बताइन्।

प्रतियोगितामा प्रथम हुने समूहले २० हजार रुपैयाँ, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने समूहले पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

तिवारीका अनुसार प्रतियोगितामा भिडियोको मूल्याङ्कन गर्दा निर्णायक मण्डलको निर्णयलाई ८० प्रतिशत र फेसबुक पेजमा प्राप्त लाइक, कमेन्ट तथा शेयरलाई २० प्रतिशत आधार बनाइनेछ।

तीज पर्वको मौलिकता, सामाजिक सन्देश र बदलिँदो परिवेशलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। नेपालमा मात्रै नभई विदेशमा रहेका नेपालीलाई समेत तीजको सांस्कृतिक उत्सवसँग जोड्ने लक्ष्य प्रतियोगिताले लिएको छ।

बुहारी ग्रुप अफ नेपालले इच्छुक समूह तथा व्यक्तिहरूलाई प्रतियोगितामा सहभागी भई आफ्ना सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्न आह्वान गरेको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न नपाउँदा असन्तुष्ट भए : गगन थापा

नेपालमा १० वर्षमा सर्पदंशबाट ३०१ जनाको मृत्यु, मनसुनमा जोखिम झन् उच्च

सम्बन्धित

फिल्म ‘आशा’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन हुने

सुरेश थापा ‘दर्शने’को निर्देशनमा ‘जुनी’ टेलिशृंखलाको टिजर सार्वजनिक

गोविन्दा–सुनिता सम्बन्धविच्छेद मुद्दाबाट पछि हटिन्, म्यानेजर भन्छन्– ‘अहिले सबै ठीक छ’

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुतिसहित टप दरबारमा तीनदिने ‘लोकदोहोरी मेला’

वर्षा राउतको पहिरन चर्चामा, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

जेलमा ६३ दिन बिताउँदा आत्महत्याको सोच आएको थियो : राज कुन्द्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu