ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मी महोत्सवको फोहोरले राष्ट्रपति रनिङ शिल्डमा समस्या


admin
३ बैशाख २०७५, सोमबार   ७ : ५३   बजे

गुल्मी, ३ वैशाख । गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सिद्धबाबा माध्यमिक विद्यालयको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु भएको हो । खेलको पहिलो दिन छात्र÷छात्रा दुवैको तिन सय र आठ सय मिटर दौड भएका छन् । त्यस्तै छात्र-छात्रा भलिबल, कराँते, भलिबल, रिले दौड लगायतका खेलहरु सम्पन्न हुदैछन् ।

सात गतेसम्म संचालन हुने खेलमा २२ विद्यालय सहभागि छन् । खेल तम्घासको चिदिचौरमा भइरहेको छ । तर भर्खर गुल्मी महोत्सव सम्पन्न भएकोले खेललाई महोत्सवको फोहोरले भने असर गरेको छ । महोत्सव सम्पन्न भएको आठ दिनसम्म पनि उद्योग बाणिज्य संघले त्यहाँ निस्केको फोहोरको उचित ब्यवस्थापन गर्न नसक्दा राष्ट्रपति रनिङ शिल्ड प्रभावित भएको हो ।

सर्केस, घुम्ने पिङ लगायतका विभिन्न स्टलहरुको सामाग्रीले चिदिचौरको आधाभन्दा बढी भाग ओगटेका छन् । भने विभिन्न प्लास्टिकजन्य फोहोरले पनि चिदिचौरको सुन्दरता पहिलेजस्तो छैन । यसले गर्दा खेलकुदका कार्यक्रम संचालन गर्न असर परेको सिद्धबाबा माध्यमिक विद्यालय अतिरिक्त क्रियाकलाप समिमिका सह–सचिव जिवन पोखरेलले बताए ।

 

बिहान सिद्धबाबा माध्यमिक विद्यालय, जिल्ला खेलकुद विकास समिति र नेपाल आर्मीको समूहले चिदिचौरको केहि भाग सफा गरी खेलकुदका कार्यक्रम संचालन गरेको उनले बताए ।

‘महोत्सव सम्पन्न भएको आठदिनसम्म पनि फोहोर हट्न सकेको छैन ।’ पोखरेलले भने, ‘सदरमुकामकै खुल्ला चौरमा यस्तो फोहोर राख्नु कत्तिको सुहाउने विषय होला ?’ चिदिचौरको माथिपट्टिको केहि भाग सफा गरेर कार्यक्रम संचालन गरेपनि बाँकि भागमा फोहोर रहदाँ कार्यक्रम निकै प्रभावित भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपक केसीले बताए ।

मञ्चमा गर्नुपर्ने उद्घाटन समारोह विद्यालयका कुर्ची मागेर कुनापट्टि गरेको, रिले दौड, भलिबल लगायतका खेलकुदका कार्यक्रम संचालन गर्न महोत्सवको फोहोरले निकै अप्ठ्यारो पारेको उनको भनाई छ ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले चिदिचौरको फोहोर हटाउन संघ लागिपरेको जानकारी दिए । ‘उद्योग बाणिज्य संघले महोत्सवका सामाग्री हटाउन सम्बन्धित स्टलवालाई भनिसकेको छ ।’ उनले भने, ‘अबको ४÷५ दिनमा चिदिचौर सफा भइसक्छ ।’ बाणिज्य संघकै लागतमा दैनिक ६÷७ जना कामदारले काम गरिरहेकोले अब छिट्टै चिदिचौर सफा हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group