ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘५० करोडको हावादारी हल्ला चलाइयो’, गङ्गा दाहालद्वारा आर्थिक आरोपको खण्डन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ११ : २५   बजे

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक आरोपको खण्डन गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै दाहालले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको दाबी गरेकी हुन् ।

विगतमा ‘दुबईमा ४० अर्ब रहेको’ तथा ‘भाटभटेनीलगायत ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको’ आरोप लगाइएको उल्लेख गर्दै उनले ती आरोप पुष्टि हुन नसकेपछि अहिले फेरि ‘५० करोडको हावादारी हल्ला’ चलाइएको बताएकी छन् ।

दाहालले अफवाह फैलाउनेहरूलाई आरोप पुष्टि गर्न सार्वजनिक चुनौतीसमेत दिएकी छन् । ‘राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला ! कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ,’ उनले लेखेकी छन्, ‘म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ?’

आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको दाहालले बताएकी छन् । उनले परिवारले केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको दाबी गर्दै सरकारले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएकी छन् ।

‘गलत गरेको पुष्टि भए कारबाही भोग्नेछौँ,’ उनले भनेकी छन् ।

आफ्नो बाल्यकाल क्रान्ति र असामान्य परिस्थितिमा बितेको उल्लेख गर्दै दाहालले जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने आफ्नो ‘स्कुलिङ’ रहेको दाबी गरेकी छन् ।

‘हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ । हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ,’ उनले भनेकी छन्, ‘हामी मृत्युवरण गर्छौँ तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो ।’

छोरीको नाताले बुवालाई सहयोग गर्नुलाई अपराधका रूपमा चित्रण नगर्न पनि उनले आग्रह गरेकी छन् । बेला–बेलामा आफू र आफ्नो परिवारलाई लक्षित गरी यस्ता आरोप तथा अफवाह किन र कुन उद्देश्यले फैलाइन्छ भन्ने विषयमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता

दाहालले परिवारको सम्पत्ति विवरण सरकारलाई बुझाइसकेको बताउँदै आवश्यक परे जुनसुकै निकायबाट हुने छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । कुनै गलत काम प्रमाणित भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको विवाद अदालत होइन, संवादबाट समाधान हुनुपर्छ : प्रदीप पौडेल

 रास्वपा केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी र सदस्य मनोनयन मुख्य एजेन्डा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि

कांग्रेसको विवाद अदालत होइन, संवादबाट समाधान हुनुपर्छ : प्रदीप पौडेल

 रास्वपा केन्द्रीय समिति बैठक सुरु, पदाधिकारी र सदस्य मनोनयन मुख्य एजेन्डा

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १११ घाइते

History Faces ‘Terminal Decline’ as AI and Digital Distraction Take Hold

प्रदीप पौडेलको आग्रह : फरक विचार बोकेर सानेपा आउनुस्, कांग्रेसको विवाद संवादबाटै समाधान गरौँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu