ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाइका सूचना दिनु सूचना अधिकारीको कानुनी दायित्व हो : वर्षमान पुन


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १२ : ४५   बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियासँग सम्बन्धित सूचना उपलब्ध गराउनु सम्बन्धित सूचना अधिकारीको कानुनी दायित्व भएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै पुनले प्रचलित कानुनबमोजिम सूचना प्रवाह गर्ने विषयमा समितिले छुट्टै निर्देशन दिइरहन आवश्यक नरहेको बताएका हुन् ।

सूचना माग गर्ने व्यक्तिलाई कानुनले तोकेको प्रक्रियाअनुसार सूचना उपलब्ध गराउनु सूचना अधिकारीको अधिकार क्षेत्रभित्र पर्ने उनको भनाइ छ । समितिका सम्पूर्ण कामकारबाही पारदर्शी र सार्वजनिक रहेको उल्लेख गर्दै उनले संसदीय सुनुवाइ प्रत्यक्ष प्रसारणसमेत भएकाले सुनुवाइसँग सम्बन्धित विषयमा गोपनीयताको प्रश्न नरहेको बताए ।

पुनले सूचना माग गर्ने व्यक्तिले सूचना अधिकारीमार्फत प्रक्रिया अघि बढाउनुपर्ने र त्यसबाट चित्त नबुझे राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गर्न सकिने कानुनी व्यवस्था रहेको बताए ।

समितिले सूचना अधिकारीको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नहुने भन्दै उनले कानुनमा भएको व्यवस्था पालना गर्नु नै उचित हुने धारणा राखे ।

‘सूचना दिने विषय सूचना अधिकारीसँग सम्बन्धित हो । यो स्थापित र कानुनी बाध्यताको विषय भएकाले यसमा समितिले थप निर्देशन दिइरहनु आवश्यक देखिँदैन,’ पुनले भने ।

उनले संसदीय सुनुवाइका सबै प्रक्रिया प्रत्यक्ष प्रसारण गरिएको उल्लेख गर्दै सुनुवाइसँग सम्बन्धित विषय सार्वजनिक भइसकेको बताए ।

‘हामीले सबै सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण गरेका छौँ । यो देश–विदेशमा रहेका करिब तीन करोड नेपालीले थाहा पाइसकेको विषय हो । त्यसैले यसमा गोपनीयताको कुनै प्रश्न उठ्दैन,’ उनले भने ।

पुनका अनुसार समितिले सुनुवाइको कार्यविधिसमेत पालना गरेको छ । उजुरीकर्तालाई मिडियाको उपस्थितिमा वा गोप्य रूपमा सुनुवाइ गर्ने विकल्प दिइएको र उनीहरूको रोजाइअनुसार मिडियाकै उपस्थितिमा छलफल गरिएको उनले बताए ।

‘सम्बन्धित व्यक्तिको उजुरी, वितरण र माननीय सदस्यहरूबीचको प्रश्नोत्तर सबै सार्वजनिक भइसकेका छन्,’ पुनले भने ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु, चालक १७ वर्षीय किशोर नियन्त्रणमा

देउवा–शेखर भेटले बढायो कांग्रेस एकताको चर्चा, ‘अब बल सभापति गगनको हातमा’

सम्बन्धित

कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा, रेखा थापाद्वारा उद्घाटन

नम्बर नफेरेरै कम्पनी बदल्न पाइने, ५ वर्षमा ८० प्रतिशतमा ५० Mbps इन्टरनेट पुर्‍याउने लक्ष्य

बर्जर पेन्ट्सको ‘रंग वहार’ अभियान, ३५० भन्दा बढी उपहार जित्ने अवसर

 एनएमबी बैंकको डिजिटल कर्जा सेवा, अनलाइनबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu