ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकाली अस्पतालमा डायलाइसिसका बिरामीको चाप, जनशक्ति र उपकरण अभावले सेवा प्रभावित


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १२ : ४५   बजे

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति, शय्या र उपकरणको अभाव हुँदा मिर्गौला रोगीले सहज रूपमा डायलाइसिस सेवा पाउन सकेका छैनन् । बिरामीको चाप बढ्दै गए पनि उपलब्ध स्रोतसाधन पर्याप्त नहुँदा नियमित उपचारका लागि पालो कुर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।

मिर्गौला रोगीले सामान्यतया हप्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने हुन्छ । तर, अस्पतालमा बिरामीको चापअनुसार आवश्यक जनशक्ति र उपकरण नहुँदा सेवा सञ्चालनमा समस्या भइरहेको महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीले बताए ।

‘हामीसँग चार जना स्टाफ नर्स भए भोलिदेखि नै रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गर्न सक्छौँ,’ जोशीले भने, ‘अहिले कार्यरत जनशक्तिसमेत पर्याप्त छैन । उपकरण छन्, बिरामीको चाप छ ।’

अस्पतालले हाल दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालन गरिरहेको छ । तर, शय्या अभावका कारण करिब २५ जना बिरामीसम्म पालो कुरेर बस्नुपर्ने अवस्था रहेको मेसु जोशीले बताए ।

‘अहिले १० वटा बेड उपलब्ध छन्, नौ वटा सञ्चालनमा छन् । एउटा मेसिन इमर्जेन्सीका लागि ब्याकअपमा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘आवश्यक उपकरण र जनशक्ति अभाव हुँदा सहज रूपमा सेवा दिन सकिएको छैन ।’

महाकाली अस्पतालमा दैनिक करिब २५ जना बिरामी डायलाइसिसका लागि आउने गरेका छन् । सेवा लिन आउने बिरामीको संख्या बढ्दै गए पनि आवश्यक शय्या, उपकरण र जनशक्ति थप हुन नसक्दा उपचार व्यवस्थापन चुनौतीपूर्ण बनेको अस्पतालको भनाइ छ ।

शय्या थपेर मात्रै समस्या समाधान नहुने

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै प्रदेशका अस्पतालमा डायलाइसिस शय्या थप गरी मिर्गौला रोगीको उपचारमा पहुँच बढाउने निर्णय गरेका छन् ।

तर, महाकाली प्रादेशिक अस्पताल प्रशासनले शय्या थपेर मात्र डायलाइसिस सेवाको समस्या समाधान नहुने जनाएको छ । शय्यासँगै पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था गर्नुपर्ने अस्पतालको भनाइ छ ।

अस्पतालमा डायलाइसिसका लागि आउने बिरामीको संख्या निरन्तर बढिरहेको भए पनि सोहीअनुसार पूर्वाधार र जनशक्ति विस्तार हुन नसक्दा बिरामीले समयमै सेवा पाउन कठिनाइ भइरहेको छ । अस्पताल प्रशासनले डायलाइसिस सेवालाई प्रभावकारी बनाउन थप शय्या, उपकरण र दक्ष जनशक्तिको तत्काल आवश्यकता रहेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु, चालक १७ वर्षीय किशोर नियन्त्रणमा

देउवा–शेखर भेटले बढायो कांग्रेस एकताको चर्चा, ‘अब बल सभापति गगनको हातमा’

सम्बन्धित

कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा, रेखा थापाद्वारा उद्घाटन

नम्बर नफेरेरै कम्पनी बदल्न पाइने, ५ वर्षमा ८० प्रतिशतमा ५० Mbps इन्टरनेट पुर्‍याउने लक्ष्य

बर्जर पेन्ट्सको ‘रंग वहार’ अभियान, ३५० भन्दा बढी उपहार जित्ने अवसर

 एनएमबी बैंकको डिजिटल कर्जा सेवा, अनलाइनबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu