काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनबाटै खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक यस्तो सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यावसायिक ग्राहकले अनलाइनबाटै खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन् ।
ग्राहकको समय बचत गर्नुका साथै खाता खोल्ने प्रक्रियामा हुने झन्झट न्यूनीकरण गरी बैंकिङ सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेस गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रिया अघि बढाउन सकिनेछ । यद्यपि, खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा अन्य प्रक्रिया पूरा गर्न ग्राहकले सक्कली कागजातसहित आफूलाई पायक पर्ने बैंकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
बैंकले नयाँ सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा पुग्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेको छ ।
थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा ०१–५९७००२० फोन नम्बर वा [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
Originally published on abcnews.com.np.






प्रतिक्रिया दिनुहोस्