ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदीप पौडेलको आग्रह : फरक विचार बोकेर सानेपा आउनुस्, कांग्रेसको विवाद संवादबाटै समाधान गरौँ


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   १२ : ५५   बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूलाई फरक विचारसहित पार्टी कार्यालय सानेपा आउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत पौडेलले सानेपालाई लोकतन्त्रको ‘पवित्र मन्दिर’को संज्ञा दिँदै असन्तुष्ट नेताहरूलाई पार्टीभित्रै बसेर संवाद र छलफलमार्फत समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

“यो तपाईं–हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो । आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्,” पौडेलले भनेका छन् ।

पार्टीभित्रका असहमति सडकमा लैजाने वा अदालतको ढोका ढकढक्याउने समय नभएको उल्लेख गर्दै पौडेलले कांग्रेसको विवाद राजनीतिक संवादबाटै समाधान हुनुपर्ने बताएका छन् ।

“मलाई लाग्छ, नेपाली कांग्रेसको विवाद अदालतले निरूपण गर्ने विषय होइन र हुनुहुँदैन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ,” उनले भनेका छन् ।

पौडेलले पार्टी कार्यालय सानेपामा बसेर मनैदेखि संवाद गर्न, विगतका कमजोरीलाई आत्मसात् गर्दै अघि बढ्न र आगामी १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । महाधिवेशनबाट कार्यकर्ताले रोजेको नेतृत्वलाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ ।

उनले कांग्रेसभित्रको विवादका कारण पार्टी कमजोर हुँदा मुलुकले समेत सही नेतृत्व पाउन नसक्ने बताएका छन् ।

“हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन । अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजानेछ,” पौडेलले भनेका छन् ।

ऐतिहासिक पार्टीलाई थप सशक्त बनाउन सबैको एकता र सक्रियता आवश्यक रहेको उल्लेख गर्दै पौडेलले मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुनसमेत अपिल गरेका छन् ।

नेपाल र नेपाली जनताको भविष्यका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले असन्तुष्ट नेताहरूलाई विनाशर्त सानेपा आउन आग्रह गरेका छन् ।

“अग्रजहरूको त्याग, बलिदान र बीपी कोइरालाको विचारको जगमा उभिएको यस पार्टीले इतिहासका हरेक कठिन मोडमा मुलुकलाई सही दिशा दिएको छ,” उनले भनेका छन् । “नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू हाम्रा गौरव हुन् ।”

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु, चालक १७ वर्षीय किशोर नियन्त्रणमा

देउवा–शेखर भेटले बढायो कांग्रेस एकताको चर्चा, ‘अब बल सभापति गगनको हातमा’

सम्बन्धित

कलंकीमा मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर सञ्चालनमा, रेखा थापाद्वारा उद्घाटन

नम्बर नफेरेरै कम्पनी बदल्न पाइने, ५ वर्षमा ८० प्रतिशतमा ५० Mbps इन्टरनेट पुर्‍याउने लक्ष्य

बर्जर पेन्ट्सको ‘रंग वहार’ अभियान, ३५० भन्दा बढी उपहार जित्ने अवसर

 एनएमबी बैंकको डिजिटल कर्जा सेवा, अनलाइनबाटै आवेदन र ट्र्याकिङ गर्न सकिने

डीडीसीको घिउ पहिलोपटक दुबई निर्यात

सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार ३ सय रुपैयाँले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu