ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी बोर्डको सीईओ नियुक्त भएको १६ दिन बित्दा पनि याङ्कीले सम्हाल्न पाइनन् पद


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : ३५   बजे

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा याङ्की उक्याबलाई नियुक्त गरेको १६ दिन बितिसक्दा पनि उनले पदभार ग्रहण गर्न पाएकी छैनन्।

मन्त्रिपरिषद्को गत असार २० गते बसेको बैठकले विकास अर्थशास्त्री उक्याबलाई आगामी चार वर्षका लागि लगानी बोर्डको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। तर, नियुक्तिसम्बन्धी आधिकारिक पत्र बोर्डमा नपुगेका कारण पदभार ग्रहणको प्रक्रिया अघि बढ्न नसकेको हो।

लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सरकारबाट सीईओ नियुक्तिसम्बन्धी आधिकारिक पत्र अहिलेसम्म प्राप्त भएको छैन।

सीईओले कहिलेदेखि काम सुरु गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘सरकारले लगानी बोर्डको सीईओ नियुक्त गरेको आधिकारिक पत्र नै अहिलेसम्म पठाएको छैन, त्यसैले पदभार ग्रहणको प्रक्रिया अघि बढ्न सकेको छैन।’

स्रोतका अनुसार उक्याबले आउँदो सोमबार लगानी बोर्ड पुगेर पदभार ग्रहण गर्ने तयारी गरेकी छन्।

सरकारले नियुक्तिको निर्णय गरेको दुई साताभन्दा बढी समय बितिसक्दा पनि नियुक्ति पत्र नपुगेपछि लगानी बोर्डको नेतृत्व परिवर्तन प्रक्रिया नै रोकिएको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ठूला तीन जलविद्युत् आयोजनामा बैंकको करिब १ खर्ब लगानी, ९८ अर्ब ३४ करोड ऋण जुट्यो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu