ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउनमा एलपीजी ग्यासको आयात दोब्बरभन्दा बढी, ८ अर्ब ४६ करोडको ग्यास भित्रियो


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ६ : ४५   बजे

काठमाडौं । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको साउनमा नेपालले खाना पकाउने ग्यास (एलपीजी) दोब्बरभन्दा बढी मूल्यको आयात गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार २०८२ सालको साउनमा ४ अर्ब ६६ करोड ६४ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ४३ लाख १८ हजार ८९३ किलोग्राम एलपीजी आयात भएको थियो।

चालू आर्थिक वर्ष २०८३/८४ को साउनमा भने ८ अर्ब ४६ करोड ९२ लाख २८ हजार रुपैयाँ बराबरको ५ करोड ७३ लाख ३४ हजार १०६ किलोग्राम एलपीजी आयात भएको छ।

गत वर्षको साउनको तुलनामा यस वर्ष १ करोड ३० लाख १५ हजार २१३ किलोग्राम बढी एलपीजी आयात भएको विभागले जनाएको छ। मूल्यका आधारमा पनि ग्यास आयात उल्लेख्य रूपमा बढेको देखिन्छ।

एलपीजीको आयात बढे पनि साउन महिनामा उपभोक्ताले ग्यासको अभाव र वितरण समस्याको सामना गर्नुपरेको थियो। धेरै उपभोक्ता खाली सिलिण्डर बोकेर ग्यास डिपो र बिक्री केन्द्रमा लामो समय लाइन बस्न बाध्य भएका थिए।

केही महिनाअघि आपूर्ति कम भएपछि सरकारले आधा सिलिण्डर मात्र ग्यास वितरण गरेको थियो। त्यसका कारण धेरै उपभोक्तासँग खाली सिलिण्डर जम्मा भएका थिए। पछि एकैपटक पूर्ण सिलिण्डर वितरण सुरु भएपछि ग्यास डिपोमा उपभोक्ताको चाप बढेको थियो।

करिब १५ दिनसम्म मागअनुसार ग्यास वितरण हुन नसकेको बताइएको छ। पछिल्लो समय आयात बढे पनि वितरण प्रणाली व्यवस्थित हुन नसक्दा उपभोक्ताले समस्या भोग्नुपरेको देखिएको छ।

यसैबीच, साउनमा नेपालको कुल वस्तु आयात पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २४ प्रतिशतले बढेको छ। कुल आयात वृद्धिमा एलपीजी ग्यासको ठूलो परिमाणमा भएको आयातले समेत योगदान गरेको देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ठूला तीन जलविद्युत् आयोजनामा बैंकको करिब १ खर्ब लगानी, ९८ अर्ब ३४ करोड ऋण जुट्यो

डीडीसीको घ्यू पहिलोपटक दुबई निर्यात, ६ सय किलो पठाइयो

महासंघले श्रम कानुन समयानुकूल बनाउन सरकारसँग माग

कैलालीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष २ लाख घुससहित पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu