काठमाडौं । अभिनेत्री आकृति बुढाथोकी चलचित्र ‘मायालु’मा अनुबन्धित भएकी छन् । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रमा उनी मुख्य भूमिकामा देखिने भएकी हुन् ।
‘मायालु’ आकृतिको दोस्रो चलचित्र हो । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी थिइन् । उक्त चलचित्र भने अहिलेसम्म प्रदर्शनमा आएको छैन । चलचित्रमा मुख्य अभिनेताका रूपमा कवीर खड्का पनि अनुबन्धित भइसकेका छन् ।
निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुनेछ । चलचित्रको कथा निर्देशक पौडेलकै रहेको छ भने पटकथा अनिल कुर्मीले लेखेका हुन् ।
‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा
यसैबीच, निर्देशक बलिराम चौहानको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य कलाकार टोली पूरा भएको छ । अभिनेता प्रजल दुलाललाई मुख्य भूमिकामा अनुबन्धित गरेसँगै कलाकार छनोटको प्रक्रिया पूरा भएको हो ।
प्रजलले यसअघि ‘बलिदान’, ‘विमान’ र ‘अक्षरा’ लगायत चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्रमा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात पनि मुख्य भूमिकामा रहनेछन् । गुराँस ढकालले मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्नेछिन् ।
‘ल्याङ्ग ल्याङ्ग’ जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथामा आधारित हुने निर्माण पक्षले जनाएको छ । चलचित्रको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्