काठमाडौं । चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, निर्देशक किशोर सुब्बा, केशवराम राई र गोविन्द राईले संयुक्त रूपमा चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन्।
चलचित्रमा दिनेश लिङ्देनको कथा तथा निर्देशन रहेको छ। निर्देशक लिङ्देनका अनुसार ‘खोज तलास’मा नेपालको वर्तमान राजनीतिक अवस्था तथा विभिन्न सामाजिक घटनालाई कथावस्तु बनाइएको छ।
चलचित्रमा रुद्र पाहिम, पुष्पाञ्जली लिम्बू, राजकुमार शाह, शैलेन्द्र नाल्बो, बिमला खजुमलगायत कलाकारको अभिनय रहनेछ। चलचित्रका निर्माता शैलेन्द्र नाल्बो हुन्।
पोस्टर सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण पक्षका सदस्यहरूको समेत उपस्थिति रहेको थियो। निर्माण पक्षले चलचित्रको अन्य विवरण क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्