काठमाडौं । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुवालाई स्थानीय अभियन्तासहित वार्ताका लागि काठमाडौं पठाइएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टका अनुसार उनीहरूलाई शनिबार साँझ ५ बजे विमानमार्फत काठमाडौं पठाइएको हो।
‘गृहमन्त्रीले पीडित परिवारसँग वार्ता गर्ने भनेपछि स्थानीय केही अभियन्तासँग उहाँहरूलाई काठमाडौं पठाइएको हो। म आफैँले एयरपोर्ट पुर्याएर आएँ,’ डीएसपी भट्टले भने।
गृहमन्त्री सुदन गुरुङले पीडित परिवारसँग काठमाडौंमै वार्ता गर्ने सन्देश पठाएपछि उनीहरूलाई काठमाडौं पठाइएको हो।
पीडित परिवारसँगै स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्कीसहित सात जनाको टोली वार्ताका लागि काठमाडौं गएको डीएसपी भट्टले जानकारी दिए।
गृहमन्त्री र पीडित परिवारबीच गरिमाको हत्या घटनालगायत विष
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्