ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम


ABC NEWS
६ भदौ २०८३, शनिबार   ६ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

ललितपुरको पाटन दरबार स्क्वायर, मंगलबजारबाट सुरु भएको पाँच किलोमिटर महिला दौड पुल्चोक–झम्सिखेल–भैंसीपाटी–एकान्तकुना–जावलाखेल–पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमै पुगेर सम्पन्न भएको हो।

प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपानेले पाँच किलोमिटर दूरी १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्डमा दोस्रो तथा निर्मला केसीले १८ मिनेट ९.१ सेकेन्डमा तेस्रो स्थान हासिल गरिन्।

सुनसरी रोकाया चौथो, श्रृजना पाण्डे पाँचौँ र आशा रावत छैटौँ भए।

पुरस्कार

प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार, चौथोलाई १२ हजार, पाँचौँलाई १० हजार र छैटौँलाई आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विजेतालाई पुरस्कारको चेक हस्तान्तरण गरिन्। सहमहामन्त्रीद्वय डा. डिला संग्रौला पन्त र मुक्ताकुमारी यादवले क्रमशः ट्रफी र पदक प्रदान गरे।

नेपाल महिला संघको सहभागितामा आयोजित प्रतियोगिताअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा र लाखे नृत्य प्रस्तुत गरिएको थियो।

दौडमा सहभागी महिलाहरूले बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय दिन माग गर्दै ‘जस्टिस फर गरिमा चौधरी’ लेखिएका प्लेकार्ड बोकेर मौन प्रदर्शनसमेत गरेका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुर्गा प्रसाईं समूह र सरकारबीच १४ बुँदे सहमति

एमालेले ओलीलाई हटाउने योजना नरहेको महासचिव पोखरेलको स्पष्टीकरण

सिमरा घटनाका पीडित परिवारसँग गृहमन्त्रीको वार्ता शुरू

प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

Indonesia Deploys Additional Troops to Combat Widespread Borneo Wildfires

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu