ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, क्यानडाले पनि जवाफी ट्यारिफ लगाउने


ABC NEWS
७ भदौ २०८३, आइतबार   ९ : १५   बजे

काठमाडौं । अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर मूल्य बराबरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा जवाफी ट्यारिफ लगाउने घोषणा गरेको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी सेप्टेम्बर ८ देखि अमेरिकी स्टिल, दुग्धजन्य उत्पादन, घरायसी उपकरण, कृषि औजार, पल्प तथा पेपर र विद्युतीय सामग्रीलगायतका वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेका हुन् । कुन वस्तुमा कति दर कायम गर्ने भन्ने विस्तृत विवरण भने पछि सार्वजनिक गरिने बताइएको छ ।

वासिङ्टन डिसीमा तीन दिनसम्म भएको अमेरिका–क्यानडा व्यापार वार्ता कुनै सम्झौतामा पुग्न नसकेपछि दुवै देशबीच व्यापार तनाव थप बढेको हो । अमेरिकी कदमले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर मूल्यका वस्तुलाई प्रभावित गर्नेछ, जुन क्यानडाको अमेरिकातर्फको कुल निर्यातको करिब ५ प्रतिशत बराबर रहेको बताइएको छ ।

प्रधानमन्त्री कार्नीले अमेरिकाले लगाउने प्रत्येक डलरको जवाफ क्यानडाले पनि ‘डलरका बदला डलर’ का रूपमा दिने स्पष्ट पारेका छन् ।

अमेरिकाको आरोप

वार्ता असफल भएपछि अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले क्यानडाले व्यापारिक साझेदारीको ठूलो अवसर गुमाएको प्रतिक्रिया दिएको छ । अमेरिकाले अन्य प्रमुख निर्यातक मुलुकको तुलनामा क्यानडालाई राम्रो प्रस्ताव दिएको दाबी गर्दै क्यानडाका नयाँ माग तथा यसअघि गरिएका प्रतिबद्धताबाट पछि हट्ने नीतिका कारण सहमति हुन नसकेको आरोप लगाएको छ ।

सम्झौता भएको भए एयरोस्पेस आपूर्ति शृंखला, गैरकानुनी व्यापार नियन्त्रण, खनिज सहकार्य तथा ‘युएसएमसीए’ सम्बन्धी वार्तामा सहजता आउने अमेरिकी पक्षको भनाइ छ ।

दुग्ध र अन्य वस्तुमा विवाद

अमेरिकाले क्यानडाको दुग्ध बजारसम्बन्धी नीतिलाई लामो समयदेखि आलोचना गर्दै आएको छ । क्यानडाले स्थानीय दुग्ध उत्पादकको संरक्षणका लागि विदेशी तथा सस्ता दुग्धजन्य उत्पादनमा कडा प्रतिबन्ध लगाउँदै आएको भन्दै अमेरिकाले आफ्ना उत्पादनलाई क्यानाडाली बजारमा थप सहज पहुँच दिन माग गर्दै आएको छ ।

त्यसैगरी, क्यानडाका केही प्रान्तमा अमेरिकी मदिराको बिक्रीमा लगाइएको रोक, क्यानाडाली सफ्टवुड आयातमा लगाइँदै आएको प्रतिबन्ध तथा महसुललगायतका विषयमा पनि दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ ।

यसपटकको वार्ता पनि निष्कर्षविहीन भएपछि अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किने संकेत देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

भूमिहीनलाई जग्गा वितरण गर्ने सरकारको प्रतिबद्धता: मन्त्री रावल

सम्बन्धित

रुस-युक्रेन युद्धमा दुई दिनमा २६ जनाको मृत्यु

इजरायललाई हतियार सहयोग जारी राखेको भन्दै बेलायत र फ्रान्सको आलोचना

इजरायलमा जेल सुरक्षाका लागि गोही प्रयोग गर्ने प्रस्ताव, सरकारी निकायमै विरोध

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu