ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुलीको महसुल घटाउने सरकारको तयारी, बढी खपत गर्ने उद्योगलाई सहुलियत


ABC NEWS
७ भदौ २०८३, आइतबार   ३ : १५   बजे

काठमाडौं । सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन बिजुलीको महसुल घटाउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसमी विद्युत् महसुल घटाउनुका साथै धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन् ।

मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग विराटनगरमा भएको छलफलमा मन्त्री श्रेष्ठले वर्षायाममा बढ्ने विद्युत् उत्पादनलाई उद्योग तथा अन्य क्षेत्रमा अधिकतम उपयोग गर्ने गरी महसुल संरचनामा सुधार गर्न सरकार केन्द्रित रहेको बताए ।

उनका अनुसार उद्योगको उत्पादन लागत घटाउने, विद्युत् खपत बढाउने र प्रणालीमा उपलब्ध अतिरिक्त बिजुली स्वदेशमै उपयोग गर्ने उद्देश्यले महसुललाई थप व्यावहारिक बनाउने तयारी भइरहेको छ ।

मन्त्री श्रेष्ठले सुनसरी–मोरङ क्षेत्रमा नौ नयाँ सबस्टेसन थपिन लागेको जानकारी दिए । ती सबस्टेसन सञ्चालनमा आएपछि उक्त क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र दिगो हुने अपेक्षा गरिएको उनले बताए ।

उद्योग स्थापना गर्नुअघि आवश्यक विद्युत् क्षमता, प्रसारणलाइन र आपूर्ति संरचनाको उपलब्धताबारे स्पष्ट जानकारी हुने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा उपलब्ध विद्युत् क्षमता र पूर्वाधारबारे उद्योगी–व्यवसायीलाई नियमित जानकारी गराउनुपर्ने उनले बताए ।

उद्योगीको माग : डिमान्ड शुल्क हटाउनुपर्ने

छलफलमा उद्योगी–व्यवसायीले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन विद्युत् आपूर्ति प्रणालीमा तत्काल सुधार आवश्यक रहेको बताए ।

उनीहरूले नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्ने, बर्जु र केरौन सबस्टेसनको निर्माण शीघ्र सम्पन्न गर्नुपर्ने तथा कटहरी औद्योगिक क्षेत्रमा विद्युत् पूर्वाधार विस्तार गर्नुपर्ने माग राखे ।

उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न डिमान्ड शुल्क हटाउनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । आन्तरिक विद्युत् खपतका लागि आवश्यक अनुमति र पूर्वाधार सुनिश्चित भए पाँचदेखि ५० मेगावाटसम्म विद्युत् खपत गर्न सक्ने गरी लगानी गर्न तयार रहेको उद्योगीहरूले बताए ।

यस्तै, १०० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत् उत्पादन गर्न अनुमति दिनुपर्ने माग उद्योगीको छ ।

विद्युत् उपकरणको गुणस्तर र सुरक्षासम्बन्धी विषयमा पनि उद्योगीहरूले ध्यानाकर्षण गराएका छन् । ट्रान्सफर्मरको अनिवार्य पूर्वपरीक्षण तथा कन्डक्टर र केबलको गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने मागसमेत उद्योगीहरूले राखेका छन् ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुभव राठीसहित मोरङ–सुनसरी क्षेत्रका उद्योगी तथा व्यवसायी सहभागी थिए । छलफलमा विद्युत् आपूर्ति, औद्योगिक पूर्वाधार, महसुल संरचना र स्वदेशमै विद्युत् खपत बढाउने उपायबारे विचारविमर्श भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सत्ता र चुनावमै अलमलिँदा कम्युनिस्ट आन्दोलनमाथि संकट आयो’ : प्रचण्ड

सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्प नै छैन: प्रदीप ज्ञवाली

सम्बन्धित

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

राजदूतको पद नै गलत उल्लेख : श्रम मन्त्रालयको विज्ञप्तिमा गम्भीर त्रुटि

लोहाजोर खोलामा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको डुबेर मृत्यु

प्रविधिजन्य र आर्थिक अपराध नियन्त्रण प्रहरीको प्राथमिकतामा : आईजीपी कार्की

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने आरोपमा दुई जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu