ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोहाजोर खोलामा पौडी खेल्ने क्रममा १२ वर्षीय बालकको डुबेर मृत्यु


ABC NEWS
७ भदौ २०८३, आइतबार   ४ : ४५   बजे

हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ स्थित लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बकैया गाउँपालिका–३, हात्तीसुँडेका कृशल दाहाल रहेका छन्।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार कृशल शनिबार दिउँसो आफ्ना दुई जना साथीसँग लोहाजोर खोलामा पौडी खेल्न गएका थिए। दिउँसो १२:५० बजेतिर पौडी खेल्ने क्रममा उनी खोलामा डुबेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हात्तीसुँडेबाट प्रहरी नायब निरीक्षक कामबहादुर गुरुङको कमान्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी र स्थानीयवासीको सहयोगमा खोलाबाट उद्धार गरिएका कृशललाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार पौडी खेल्न गएका अन्य दुई बालक भने सकुशल रहेका छन्।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमिताभ बसेकै होटलमा प्रधानमन्त्री शाहको बास, मुक्तिनाथ दर्शनपछि जोमसोममा रात

ओलीविरुद्ध बोल्ने आफ्नै नेतामाथि सूर्य थापाको प्रश्न : ‘सरकारविरुद्ध होइन, अध्यक्षविरुद्ध किन अभियान ?’

सम्बन्धित

सिभिल अस्पतालमा १० वर्षमा २२३ जनाको सफल बोनम्यारो प्रत्यारोपण

एनआरएनएको सञ्जाल १०० भन्दा बढी देशमा विस्तार गर्ने योजना

कमलेश अग्रवालको टिप्पणी : ‘राम्रो कानुन बन्छ, तर कार्यान्वयनमा कर्मचारीतन्त्रले मर्म नै मारिदिन्छ’

नागरिकको ढाड सेक्ने करविरुद्ध देशव्यापी अभियान चलाउँछौँ : कुलमान घिसिङ

आँधी ‘नारा’ हङकङतर्फ नजिकिँदै, मंगलबार वा बुधबार चेतावनी संकेत जारी हुन सक्ने

राजदूतको पद नै गलत उल्लेख : श्रम मन्त्रालयको विज्ञप्तिमा गम्भीर त्रुटि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu