ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकासको प्रलोभनमा लिइएको नागरिकताबाट करोडौँको कारोबार, बेलकाका साढे चार सय स्थानीय पीडित


ABC NEWS
७ भदौ २०८३, आइतबार   १० : १५   बजे

उदयपुर । विकास आयोजना, कृषि अनुदान र रोजगारीको प्रलोभनमा स्थानीयवासीबाट संकलन गरिएको नागरिकताको फोटोकपी र फोटो दुरुपयोग गरी बैंक तथा ईसेवा खाता खोलेर करोडौँ रुपैयाँको शंकास्पद कारोबार गरिएको पाइएको छ।

उदयपुरको बेलका नगरपालिका–३, ४, ५ र ९ का साढे चार सयभन्दा बढी स्थानीयवासीको नागरिकता दुरुपयोग भएको भन्दै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी परेको छ। प्रहरीका अनुसार, ती व्यक्तिको नाममा खोलिएका खाताबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्मको कारोबार भएको देखिएको छ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक अस्विन टोलाङका अनुसार करिब दुई वर्षअघि केही स्थानीय युवाले गाउँमा कृषि अनुदान, ठूला विकास आयोजना, सडक तथा पुल निर्माण र रोजगारी आउने भन्दै स्थानीयवासीबाट नागरिकताको फोटोकपी र फोटो संकलन गरेका थिए।

‘प्रोजेक्ट, अनुदान, बाटो र पुल निर्माणको प्रलोभन देखाएर सर्वसाधारणबाट नागरिकता र फोटो संकलन गरिएको रहेछ,’ निरीक्षक टोलाङले भने, ‘पछि त्यही नागरिकता र फोटोबाट ईसेवा तथा बैंक खाता खोलेर अवैध कारोबार गरिएको रहेछ।’

प्रहरीका अनुसार साइबर ब्युरोबाट प्राप्त पत्रपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो। केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा स्थानीयवासीको नागरिकता दुरुपयोग गरी उनीहरूको नाममा बैंक तथा डिजिटल वालेट खाता खोलिएको तथ्य बाहिर आएको प्रहरीले जनाएको छ।

पीडितमध्ये अधिकांशले आफूहरूको नाममा खाता खोलेर ठूलो रकमको कारोबार भइरहेकोबारे प्रहरीको सोधपुछपछि मात्रै जानकारी पाएका छन्। एक स्थानीयका अनुसार कृषि अनुदानका लागि आवेदन दिन भन्दै नागरिकताको फोटोकपी र फोटो मागिएपछि उनले उपलब्ध गराएका थिए। तर पछि प्रहरी कार्यालयमा बुझ्दा आफ्नो नाममा खोलिएको खाताबाट ८४ लाख रुपैयाँको कारोबार भएको जानकारी पाए।

प्रहरीका अनुसार अहिलेसम्म ४५० भन्दा बढी स्थानीयले उजुरी दिएका छन्। उजुरी परेकामध्ये अधिकांशको खाताबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्मको कारोबार भएको देखिएको छ। एक व्यक्तिको नाममा रहेको खाताबाट मात्रै २ करोड ५८ लाख रुपैयाँसम्मको कारोबार भएको पाइएको निरीक्षक टोलाङले जानकारी दिए।

स्थानीय युवाको संलग्नता

नागरिकता र फोटो संकलन गर्ने कार्यमा बेलका नगरपालिका–४ का २४ वर्षीय रितेश खत्री सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले रितेश र उनका बुवा प्रकाश खत्रीलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनालाई सामान्य ठगीभन्दा पनि संगठित डिजिटल वित्तीय अपराधका रूपमा लिएको छ। स्थानीयवासीको पहिचान दुरुपयोग गरी खोलिएका खातामार्फत रकमको कारोबार गर्ने व्यक्ति तथा समूहको खोजी भइरहेको प्रहरीको भनाइ छ।

नागरिकता दिएर फसे स्थानीय

विकास र अनुदान पाउने आशमा आफ्नै गाउँका व्यक्तिलाई विश्वास गरेर नागरिकताको फोटोकपी र फोटो उपलब्ध गराएका स्थानीय अहिले आर्थिक तथा कानुनी समस्यामा परेका छन्।

आफ्नो नाममा भएको कारोबारबारे जानकारीसमेत नभएका उनीहरू प्रहरीको अनुसन्धानमा तानिन थालेपछि मानसिक तनावमा छन्। पीडितहरूले नागरिकता दुरुपयोग गरी कारोबार गर्ने मुख्य व्यक्ति तथा गिरोहको पहिचान गरी कारबाही गर्न र आफूहरूलाई कानुनी तथा आर्थिक झमेलाबाट मुक्त गराउन माग गरेका छन्।

प्रहरीले भने खाताहरूमा भएको कारोबार, नागरिकता दुरुपयोगको प्रक्रिया तथा घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Minister Pledges Land Titles to Squatters

Canada and US Escalate Trade War with New Tariffs

Landfill Collapse in Guinea Claims At Least 30 Lives

Putin Claims Even Poland Acknowledges Neo-Nazi Influence in Ukraine

Chelsea Face Crucial Season as Xabi Alonso Takes Reins

Nepal’s Communications Minister Inspects Landslide-Hit Nuwakot District

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu