कञ्चनपुर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्वासीलाई लालपुर्जा पाउनेमा ढुक्क हुन आग्रह गरेकी छिन् ।
कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन सुकुम्वासीसँगको भेटमा मन्त्री रावलले सरकारले लालपुर्जा दिने कुरामा ढुक्क भएर बस्न आग्रह गरिन् । “तपाईंहरुलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनमा सुधार भइसकेको छ”, मन्त्री रावलले भनिन् ।
अहिलेको कानुनले सुकुम्वासीको समस्या समाधानमा समस्या देखिएकाले कानुन संशोधन गरेर मुलुकभरका सुकुम्वासीको समस्या समाधान गरिने मन्त्री रावलको भनाइ थियो । “देशैभरका सुकुम्वासीको समस्या समाधानका लागि ऐनमा धेरै संशोधन गर्नुपर्ने छ, अहिलेको कानुनमा केही बाधा अड्चन छन्”, उनले भनिन्,“सुकुम्वासीको समस्या समाधान गर्न सरकार तत्पर छ, कानुनमा देखिएका समस्या सुधार गर्छौँ ।”
सरकारले भूमिहीन सुकुम्वासीको समस्या प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री रावलले बताउनुभयो । “तपाईंहरु बसिरहेको ठाउँबाट उठाउने काम सरकारले गर्दैन”, उनले भनिन्,“तपाईंहरू ढुक्क हुनुस्, सरकारले तपाईंहरुलाई लालपुर्जा दिन्छ।” सुकुम्वासीलाई अफवाहमा नलाग्न पनि उनको आग्रह छ।
कानुन संशोधनको प्रतिबद्धता
मन्त्री रावलले देशैभरका सुकुम्वासीको समस्या समाधान गर्न ऐनमा धेरै संशोधन गर्नुपर्ने बताएकी छिन् । अहिलेको कानुनमा केही बाधा अड्चन रहेको भन्दै सरकारले ती समस्याहरू सुधार गर्ने आश्वासन दिएकी छिन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्