ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुरामको घर जलाउने धम्की : ‘अपराधीलाई तुरुन्त पक्राउ गरी कारबाही गरियोस्’


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो घर जलाउने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

डा. भट्टराईले फेसबुकमा आफूविरुद्ध लेखिएको धम्कीपूर्ण सन्देशको स्क्रिनसट सार्वजनिक गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई राज्यले बेलैमा नियन्त्रणमा लिनुपर्ने बताएका हुन्।

गएराति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्, ‘यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्।’

धम्कीको घटनालाई गम्भीर रूपमा लिँदै उनले जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा प्रतिगामी तथा राष्ट्रघाती शक्तिहरू सक्रिय हुन सक्ने आशंका समेत व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “अन्यथा जेनजी विद्रोहको वार्षिकी नजिकिँदै गर्दा भेडाको छाला ओढेर प्रतिगामी र राष्ट्रघाती ब्वाँसाहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सर्वभौमिकताविरुद्ध वितण्डा मच्चाउने थप जघन्य अपराध गर्न सक्छन्।”

डा. भट्टराईले सामाजिक सञ्जालमा आउने धम्की र हिंसात्मक अभिव्यक्तिलाई सामान्य रूपमा नलिन सरकारको ध्यानाकर्षण गराएका छन्। यस्ता गतिविधि समयमै नियन्त्रणमा नलिए राजनीतिक अस्थिरता र हिंसात्मक गतिविधिलाई प्रोत्साहन मिल्न सक्ने उनको संकेत छ।

पूर्वप्रधानमन्त्री भट्टराईले सार्वजनिक रूपमा आफ्नो घर जलाउने धम्की आएको भन्दै सम्बन्धित निकायलाई घटनाको अनुसन्धान गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनका लागि तयार

देउवाले कोइरालालाई प्राथमिकता दिँदा खड्कामा असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनका लागि तयार

२०२ वटा सफल मिर्गौला प्रत्यारोपण : कानुनी जटिलता र अभाव अझै चुनौती

नेपाल ‘ए’ आज होबर्टसँग भिड्दै, पहिलो जितको खोजीमा

Shifting Global Power Dynamics Highlight Media Bias and Historical Grievances

Nepal Faces Recurring Disaster Challenges Despite Preparedness Efforts

Aging in Nepal’s Capital: A Reflection on Time and Care

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu