ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी नाका सडक केही दिनभित्रै सञ्चालनमा आउने, पहिरो र भग्नावशेष हटाउन थालियो


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ९ : ५५   बजे

सिन्धुपाल्चोक । असार ३१ गतेदेखि पूर्ण रूपमा ठप्प रहेको तातोपानी नाका जोड्ने सडक सञ्चालनमा ल्याउन सोमबारदेखि पहिरो र भग्नावशेष हटाउन थालिएको छ। इको र लिपिङ क्षेत्रमा पहिरो तथा भासिएको सडक मर्मत गरी केही दिनभित्र नाका सडक सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार तातोपानी नाकाको इको पहिरो, लिपिङ बजारको पहिरो तथा भूकम्पबाट क्षतिग्रस्त घरटहरा हटाउने काम सुरु भएको छ। यसअघि डाक्लाङको पहिरोसमेत पन्छाइएको थियो।

इको, डाक्लाङको पहिरो तथा लिपिङ क्षेत्रका भग्नावशेष हटाएपछि सडक सञ्चालनमा ल्याउन सहज हुने बताइएको छ।

नेपाल–चीन सीमा जोड्ने मितेरी पुल नजिकको लिपिङ क्षेत्रमा सडक भासिएर साँघुरिएको छ। माथिल्लो भागमा बस्ती र तल भोटेकोशी नदीको बहाव रहेकाले सडकको केही भाग तानिएको छ। त्यसका कारण हाल यातायात सञ्चालन हुन सकेको छैन।

दर्जनौँ मेसिन परिचालन

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार इको र डाक्लाङको पहिरो पन्छाएपछि अहिले लिपिङ क्षेत्रमा पहिरो तथा भग्नावशेष हटाउने र भासिएको सडक उकास्ने काम सुरु गरिएको छ।

दर्जनौँ मेसिन प्रयोग गरी पहिरो र भग्नावशेष हटाउने काम भइरहेको छ। इको पहिरो क्षेत्रमा सडक मर्मतका लागि सरकारले ४८ करोड ४९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

तर, नेपाली ठेकेदारसँगको ठेक्का गत वैशाखमा तोडेर चिनियाँ कम्पनी चाइना नाइन्टिन्थ मेटलर्जिकल कर्पोरेसनलाई जिम्मा दिइएको थियो। चिनियाँ कम्पनी इको क्षेत्रमा सडक मर्मतका लागि नआएपछि सडक डिभिजन कार्यालय आफैँले पहिरो हटाउने काम गरिरहेको भण्डारीले बताए।

सम्झौताअनुसार उक्त बजेटबाट इको क्षेत्रमा करिब २०० मिटर सडकको पहिरो रोकथाम तथा सडक मर्मत–सुधार गर्नुपर्नेछ। तर, ठेकेदार कम्पनीले हालसम्म काम सुरु नगरेको सडक डिभिजन कार्यालयले जनाएको छ।

८५ कन्टेनर अझै रोकिए

लिपिङ क्षेत्रका भग्नावशेष हटाएर भासिएको सडक मर्मत भएपछि लिपिङपारि रोकिएका करिब ८५ वटा मालसामान बोकेका कन्टेनर तातोपानी नाकातर्फ आउन सक्नेछन्।

लिपिङवारी र इको पहिरोबीच रोकिएका कन्टेनर भने इकोको पहिरो पन्छाइएपछि तातोपानी भन्सारतर्फ पठाउन थालिएको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले नाका सडक पूर्ण रूपमा सञ्चालनमा आए नजिकिँदो चाडपर्वका सामान तातोपानी नाकाबाट राजधानी भित्र्याउन सहज हुने बताए।

उनले लिपिङमा भासिएको सडक दीर्घकालीन रूपमा मर्मत गर्नुका साथै इको र डाक्लाङका पहिरो नियन्त्रण गरी बाह्रै महिना नाका सञ्चालन हुने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री भाटका तीन निर्णय, सडक सुरक्षा र ठेक्का व्यवस्थापन प्राथमिकतामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Colonial Violence Explained: New Model Links Neuroscience, Greed, and Systemic Oppression

US-China Tech Rivalry Intensifies as Nations Vie for Control of Critical Resources

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री भाटका तीन निर्णय, सडक सुरक्षा र ठेक्का व्यवस्थापन प्राथमिकतामा

Trump Administration Policies Accused of Criminalizing Homelessness

राष्ट्रियसभाले विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu