ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पले चर्काएको बस्तीमा पहिरोको कहर, रुकुम–जाजरकोटमा पुनः विस्थापनको पीडा


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

रुकुमपश्चिम । भूकम्पले चर्किएको घर र जमिनकै कारण जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बासिन्दाले फेरि पहिरोको ठूलो क्षति बेहोर्नुपरेको छ। गत साउन ३० गते परेको करिब एक घण्टाको वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु, १० जना घाइते तथा १४ घर पुरिएका छन्।

रिसाङका ५४ वर्षीय उमाप्रसाद खत्री घरमै रहेका बेला साँझ करिब ५ बजे पहिरो खसेको थियो। भूकम्पले चर्किएको आँगन, शौचालय र घर पहिरोले बगाउँदा उमाप्रसाद र उनकी ८३ वर्षीया आमा रती खत्री पनि पहिरोमा परेका थिए।

सोही घटनामा स्थानीय ७० वर्षीय भीमबहादुर कार्की र ५२ वर्षीय केदार कार्कीले समेत ज्यान गुमाएका छन्। पहिरोले घरसँगै पशुचौपाया तथा घरमा भण्डारण गरिएको अन्नसमेत बगाएको छ।

भूकम्पपछि कमजोर बनेको जमिन

रिसाङ गाउँमा आएको पहिरोलाई विसं २०८० कात्तिक १७ गते रामीडाँडामा गएको भूकम्पसँग जोडेर हेरिएको छ। भूकम्पले जमिन कमजोर बनाउनुका साथै धेरै घरमा चिरा परेको थियो। तर क्षतिग्रस्त घरको पुनर्निर्माण र जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा स्थानीय अझै त्यही घरमा बस्न बाध्य छन्।

मृतक भीमबहादुर कार्कीका छोरा तथा त्रिभुवन जनता माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र कार्कीले विपद् व्यवस्थापन र पुनर्निर्माणमा भएको ढिलाइले जाजरकोटका नागरिकले पटक–पटक क्षति बेहोर्नुपरेको बताए।

उनका अनुसार भूकम्पबाट भएको क्षतिको समयमै व्यवस्थापन भएको भए रिसाङमा पछिल्लो पहिरोबाट ठूलो मानवीय क्षति टार्न सकिन्थ्यो। चर्किएका घर पुनर्निर्माण र भासिँदै गएको बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्या थप गम्भीर बनेको उनले बताए।

एक हजारभन्दा बढी भूकम्प प्रभावित घरधुरी

भेरी नगरपालिका–२ का वडाध्यक्ष भीमबहादुर कार्कीका अनुसार उमाप्रसादको परिवार भूकम्पले चर्किएको घरमै बस्दै आएको थियो। वडाका अधिकांश परिवार पनि जोखिमयुक्त घरमा बस्न बाध्य छन्।

वडा कार्यालयका अनुसार वडामा मात्रै एक हजार ६४ घरधुरी भूकम्प प्रभावित लाभग्राहीको सूचीमा छन्। तीमध्ये पहिलो चरणमा २५० घर पुनर्निर्माणका लागि सम्झौताको प्रक्रिया अघि बढाइएको छ।

तर पुनर्निर्माणको काम पूरा नहुँदा स्थानीयले चर्किएकै घर र जोखिमयुक्त बस्तीमा बस्नुपरेको वडाध्यक्ष कार्कीले बताए।

तीन सयभन्दा बढी घरधुरी प्रभावित

हालैको बाढीपहिरोबाट रिसाङका च्याउमुरा, राउटेरिया, सालडाँडा, मेलपानी, बाँझपानी, फारुला, झ्यालीखेत, साइपाखापा, सुनारबारा, सिस्नेर, भीमेथान र चिसापानीलगायत बस्तीका तीन सयभन्दा बढी घरधुरी प्रभावित भएका छन्।

भूकम्पपछि पानीका मुहानसमेत सुकेको स्थानीय बताउँछन्। ६० वर्षीय इन्द्रबहादुर थापाका अनुसार दारखोला र कोटखोलाबीचको रिसाङ गाउँ तल्लो भागतर्फ भासिँदै गएको छ भने माथिल्लो भागमा समेत जमिन अस्थिर बनेको छ।

‘भूकम्पले घर मात्रै चर्काएको छैन, बस्ती नै भासिएका छन्। तर यसतर्फ कसैको ध्यान गएको छैन,’ उनले भने।

पहिरोपछि स्थानीय सरकारले व्यवस्थापन गरेको अस्थायी सेल्टरमा परिवारका सदस्य बस्न थालेका छन्। तर ७५ वर्षीया आमाले घर छाड्न नमानेपछि आफूहरू थप चिन्तामा रहेको थापाले बताए।

‘पानी पर्दा घरसँगै आमालाई पहिरोले बगाउँछ कि भन्ने डरले रातभर सुत्न सकिँदैन,’ उनले भने।

घर र खेतीबाली गुमेको पीडा

स्थानीय बलवीर विक पनि भूकम्पले क्षति गरेको घरमा बस्दै आएका थिए। पहिरो दिउँसो खसेकाले भागेर ज्यान जोगाउन सफल भए पनि घर पहिरोले बगाएपछि अहिले बस्ने ठाउँ नभएको उनले बताए।

उनका अनुसार भूकम्पले चिरा परेको जमिन, कमजोर बनेका भवन र गाउँमाथिबाट खनिएको फारुला–तिलिङ्गे हुँदै पोखरा जाने सडकका कारण पानीको बहाव बढेर पहिरोको जोखिम थपिएको हो।

घर, खेतीबाली र जमिन भूकम्प तथा पहिरोले नष्ट गरेपछि स्थानीयमा दीर्घकालीन बास र बालबालिकाको भविष्यबारे चिन्ता बढेको छ। जोखिमयुक्त बस्तीको स्थानान्तरण र भूकम्पपीडित घरको पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने स्थानीयको माग छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

Colonial Violence Explained: New Model Links Neuroscience, Greed, and Systemic Oppression

US-China Tech Rivalry Intensifies as Nations Vie for Control of Critical Resources

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्री भाटका तीन निर्णय, सडक सुरक्षा र ठेक्का व्यवस्थापन प्राथमिकतामा

Trump Administration Policies Accused of Criminalizing Homelessness

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu