ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि विन नेपाललाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएको हो।

प्राप्तिपछि विन नेपाल लघुवित्तका सम्पूर्ण सम्पत्ति, दायित्व तथा सम्भावित दायित्व स्वरोजगार लघुवित्तले व्यहोर्नेछ। दुवै संस्थाको एकीकृत वित्तीय कारोबार भदौ २१ गते आइतबारदेखि सुरु गर्ने तयारी गरिएको छ।

एकीकृत कारोबार सुरु हुने दिन दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा एक दिनका लागि बन्द रहने जनाइएको छ। यसबारे सेवाग्राही, सेयरधनी तथा अन्य सरोकारवालालाई जानकारी गराइएको संस्थाले जनाएको छ।

संस्थाको नाम यथावत

प्राप्तिपछि पनि संस्थाको नाम ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै रहनेछ। संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहने जनाइएको छ।

लघुवित्त क्षेत्रमा एकीकरण बढ्दै

लघुवित्त क्षेत्रमा पछिल्लो समय मर्जर तथा प्राप्तिको क्रम बढेको छ। नियामकीय आवश्यकता, सञ्चालन लागत व्यवस्थापन तथा तुलनात्मक रूपमा सबल संस्था निर्माण गर्ने उद्देश्यले लघुवित्त संस्थाहरूबीच एकीकरण भइरहेको छ।

स्वरोजगार लघुवित्त र विन नेपालको प्राप्तिले पनि लघुवित्त क्षेत्रमा भइरहेको संस्थागत एकीकरणको क्रमलाई थप निरन्तरता दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युवाको भावना नबुझी राजनीतिक पुनर्जागरण सम्भव छैन : महासचिव पोखरेल

प्रधानमन्त्री बालेनलाई कालो चस्मा लगाएर संसद् जान स्वास्थ्य चिकित्सकको सुझाव

सम्बन्धित

दसैंअघि नै बैंकका लगानीकर्ताले लाभांश पाउने सम्भावना बढ्यो

विश्वासको मतका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक फेरि सर्‍यो, आज ४ बजे बस्ने

सुन प्रतितोला ५०० रुपैयाँ घट्यो, चाँदीमा पनि ६५ रुपैयाँको गिरावट

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu