काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज भदौ ९ गते नबस्ने भएको छ। यसअघि दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो।
संघीय संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक बस्न नसक्ने जानकारी गराएको छ। सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक बुधबार भदौ १० गते दिउँसो १ बजे बस्नेछ।
सचिवालयले विशेष कारण उल्लेख गरे पनि बैठक स्थगित गर्नुको विस्तृत कारण भने खुलाएको छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्