ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी शहीदका माग सम्बोधन गर्न सरकारको ‘डेडिकेटेड टिम’


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : ०५   बजे

काठमाडौँ । जेनजी आन्दोलनका शहीद परिवार र घाइते व्यक्तिहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले विशेष रूपमा समर्पित संयन्त्र गठन गरी काम अघि बढाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको नेतृत्वमा रहेको सहजीकरण समितिलाई जेनजी आन्दोलनसँग सम्बन्धित विषयको कार्यान्वयनमा केन्द्रित ‘डेडिकेटेड टिम’का रूपमा जिम्मेवारी दिने निर्णय गरिएको हो।

सोमबार गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका मागलाई प्रभावकारी र व्यवस्थित रूपमा कार्यान्वयन गर्न छुट्टै जिम्मेवारीसहित संयन्त्र परिचालन गर्ने निष्कर्ष निकालेको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्य, मुख्य सचिव, गृहसचिव तथा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा मन्त्रिपरिषद्बाट २०८२ मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता तथा २०८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्तावको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको थियो। सरकारले यसअघि गरेका प्रतिबद्धता कति कार्यान्वयन भए र बाँकी विषयलाई कसरी अघि बढाउने भन्नेमा बैठक केन्द्रित भएको जनाइएको छ।

शहीद परिवारलाई सिंहदरबार प्रवेशमा सहजीकरण

बैठकले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई आवश्यक सरकारी निकायसम्म पहुँच सहज बनाउन सिंहदरबार प्रवेशमा सहजीकरण गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै, जेनजी परिषद् घोषणा गर्ने, जेनजी शहीद दिवस घोषणा गर्ने, दौलत थापालाई ‘जिउँदो शहीद’को मान्यता दिने, २४ बुँदे प्रस्तावमा आवश्यक संशोधन गर्ने तथा संसद् भवन परिसरमा जेनजी आन्दोलनसँग सम्बन्धित शालिक निर्माण गर्ने विषयमा पनि छलफल भएको छ।

जेनजी पार्क निर्माणलगायतका मागमा समेत सकारात्मक रूपमा छलफल भएको र ती विषयलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्।

‘प्रतिबद्धता मात्र होइन, कार्यान्वयनमा जोड’

छलफलमा सहभागी पक्षहरूले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका मागलाई केवल छलफल र प्रतिबद्धतामा सीमित नराखी कार्यान्वयनको स्पष्ट प्रक्रियासहित अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यसका लागि जनप्रतिनिधि, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाबीच समान बुझाइ र प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ। सरकारले अब जेनजी आन्दोलनसँग सम्बन्धित सम्झौता, घोषणा र प्रस्तावहरूको कार्यान्वयनलाई गति दिन समर्पित संयन्त्रमार्फत काम अघि बढाउने तयारी गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Drone Offensive Fails to Deliver Expected Breakthrough, Raising Doubts About Western Strategy

Nepal Vice President Highlights Automobile Sector’s Economic Importance

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ

बागमती प्रदेशमा मुख्यमन्त्री थापा आज विश्वासको मत लिँदै

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu