ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : ३५   बजे

काठमाडौं । ओपनर आसिफ शेखको विस्फोटक शतकीय प्रदर्शन र अर्जुन कुमालसँगको कीर्तिमानी साझेदारीमा नेपालले एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियामाथि ९ विकेटको शानदार जित हात पारेको छ।

मंगलबार क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा भएको खेलमा वर्षाका कारण संशोधित लक्ष्य पछ्याएको नेपालले २८ ओभरमै एक विकेट गुमाएर २२८ रनको लक्ष्य पूरा गरेको हो।

वर्षाका कारण खेल केही समय प्रभावित भएपछि खेललाई ४८ ओभरमा सीमित गरिएको थियो। नेपालले लक्ष्यलाई सहज रूपमा पछ्याउँदै एसीसी प्रिमियर कपको तयारीलाई सुखद सुरुआत दिएको छ।

आसिफको विस्फोटक ब्याटिङ

नेपालको जितमा ओपनर आसिफ शेख नायक बने। उनले मात्र ८५ बलमा १२ चौका र १२ छक्कासहित १६१ रन को विस्फोटक पारी खेले।

अर्का ओपनर अर्जुन कुमालसँग आसिफले पहिलो विकेटका लागि २२० रनको उत्कृष्ट साझेदारी गरेका थिए। अर्जुनले संयमित ब्याटिङ गर्दै ८२ बलमा सात चौकासहित ६१ रन बनाएर अविजित रहे।

नेपालको एक मात्र विकेट मलेसियाका अस्लाम खान मलिकले लिएका थिए।

सन्दीपको चार विकेट

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रन बनाएको थियो।

मलेसियाका मोहम्मद स्याहदत रमीलले ६८ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ६१ रन बनाए। सैफुल्लाह मलिकले ४५, कप्तान सैयद अजिजले ४० तथा विरनदिप सिंहले ३९ रनको योगदान गरे।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित ५४ रन खर्चिए। करण केसीले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान एक–एक विकेट हात पारे।

नेपालले आगामी एसीसी प्रिमियर कपको तयारीस्वरूप मलेसियासँग अभ्यास खेल खेलेको हो। आसिफको आक्रामक ब्याटिङ, अर्जुनको संयमित साथ र बलिङतर्फ सन्दीपको प्रभावशाली प्रदर्शनले प्रतियोगिताअघि नेपाली टोलीलाई उत्साहजनक सुरुआत दिलाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्का सर्वोच्चमा

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने मेयर्स फोरमको निर्णय

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

जिम्मी निसम फेरि जनकपुर बोल्ट्समा, एनपीएलका लागि पुनः अनुबन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu