ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ४ : १५   बजे

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। मंगलबार नेप्से ५.३० अंक अर्थात् ०.२० प्रतिशतले घटेर २ हजार ५९४.२७ विन्दुमा बन्द भएको हो।

सोमबार नेप्से १९.१३ अंकले घटेर २ हजार ५९९.५८ विन्दुमा बन्द भएको थियो। यससँगै बजार लगातार दोस्रो कारोबार दिन ओरालो लागेको छ।

मंगलबार ३५७ कम्पनीका ४६ हजार ५५८ पटकको कारोबारबाट कुल ४ अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

सर्वोत्तम पेन्ट्सको सेयरमा उच्च वृद्धि

मंगलबार कारोबार सुरु भएदेखि नै घटेको बजारमा दिनभर उतारचढाव देखिएको थियो। सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा सर्वोत्तम पेन्ट्स रहेको छ। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ।

त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ११.९८ प्रतिशतले बढेको छ।

पञ्चकन्यामाई हाइड्रोको सेयर घट्यो

सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा पञ्चकन्यामाई हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य ९.८३ प्रतिशतले घटेको छ।

उपसमूहतर्फ विकास बैंक र निर्जीवन बिमा समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सेयर मूल्य घटेको छ।

समग्रमा बिक्री चाप कायम रहँदा नेप्से परिसूचक लगातार दोस्रो दिन घटेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो

‘खानतलासीका नाममा प्रहरीले खसी–कुखुरा पनि लग्यो’ : दुर्गा प्रसाईं

सम्बन्धित

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

वीरगन्ज चिनी मिल पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदलको स्थलगत निरीक्षण

जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका व्यक्ति जबरजस्ती करणी आरोपमा पक्राउ

नेप्से ५.३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu