ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : ०५   बजे

काठमाडौं । चाँगुनारायणको परम्परागत कलश यात्रा मंगलबार हनुमानढोका पुगेको छ। साउन शुक्ल द्वादशीका अवसरमा चाँगुनारायण मन्दिरबाट सुरु भएको कलश यात्रा मूलपानी, बौद्ध, चावहिल, नक्साल, कमलादी र रानीपोखरी हुँदै हनुमानढोका दरबारसम्म पुगेको हो।

परम्पराअनुसार यात्रामा चाँगुनारायण, लक्ष्मी र सरस्वतीका कलश ल्याइएको थियो। चाँगुनारायणको कलश मन्दिरका मूल पुजारी राजोपाध्याय ब्राह्मणले तथा लक्ष्मी र सरस्वतीका कलश भडेल समुदायका सदस्यले बोकेर ल्याएका थिए।

हनुमानढोकामा स्वागत

कलश हनुमानढोका पुगेपछि तलेजुका राजोपाध्याय पुजारीले विधिपूर्वक पूजा गरी ‘लसकुस’ परम्पराअनुसार स्वागत गरेका थिए। सो अवसरमा कुमारी माजुको समेत उपस्थिति रहेको थियो।

हनुमानढोकाभित्र निर्धारित विधिअनुसार पूजा सम्पन्न गरेपछि कलश राष्ट्रप्रमुखसमक्ष लैजाने र राष्ट्रप्रमुखले दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

अनिकाल र महामारीसँग जोडिएको किंवदन्ती

कलश यात्रा सुरु गर्नुअघि चाँगुनारायण मन्दिरमा विशेष पूजा गरी कर्कलोको भोग चढाउने परम्परा छ।

किंवदन्तीअनुसार लिच्छवी राजा पुष्पदेवको पालामा अनिकाल र महामारी फैलिएपछि राजालाई सपनामा चाँगुनारायणको पूजा गरी कर्कलोको भोग चढाउन आदेश प्राप्त भएको थियो। त्यसपछि कर्कलोको भोग चढाउने र चाँगुनारायणको कलश यात्रा गर्ने परम्परा सुरु भएको मानिन्छ।

यसै कारण चाँगुनारायणको कलश यात्रालाई संकटमोचन तथा सुख–शान्तिको कामनासँग जोडेर हेर्ने गरिन्छ।

वर्षमा दुईपटक यात्रा

चाँगुनारायणको कलश यात्रा वर्षमा दुईपटक हनुमानढोका ल्याउने परम्परा रहेको छ। जनैपूर्णिमाअघि साउन शुक्ल द्वादशीका दिन र पौष पूर्णिमाका दिन यस्तो यात्रा गरिन्छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो परम्परा स्थानीय समुदायले श्रद्धापूर्वक मनाउँदै आएका छन्। कलश यात्राले चाँगुनारायणको धार्मिक पहिचान तथा पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुदूरपश्चिमको राजधानी निर्माणका लागि मन्त्री भाटले दिए निर्देशन

Gaza Rescue Crews Struggle to Recover Thousands Buried in Rubble

Former Armenian President Robert Kocharyan Detained in Corruption Investigation

Russia Draws Lessons From Asia: Alliances as Bondage and the Value of Sovereignty

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu