ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाडा अटो शोमा अवतार ०७ सार्वजनिक, मूल्य २ करोड २० लाखदेखि


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : ०५   बजे

काठमाडौं । चिनियाँ प्रिमियम विद्युतीय सवारी ब्रान्ड अवतारको नयाँ इलेक्ट्रिक एसयूभी ‘अवतार ०७’ नेपाली बजारमा सार्वजनिक भएको छ।

नाडा अटो शोमा एमएडब्लु वृद्धिले अवतार ०७ का दुई भेरिएन्ट सार्वजनिक गरेको हो। कम्पनीले यसको मूल्य क्रमशः २ करोड २० लाख र २ करोड ३० लाख रुपैयाँ तोकेको छ। प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि नयाँ विकल्पका रूपमा अवतार ०७ प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।

अवतार ०७ मा ८२.१६ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ६५० किलोमिटरसम्मको रेन्ज दिन सक्छ।

एसयूभीमा १९० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जसले अधिकतम ३६५ एनएम टर्क उत्पादन गर्छ। रियर ह्विल ड्राइभ सिस्टम रहेको अवतार ०७ ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.७ सेकेन्डमा लिन सक्ने तथा अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।

१० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज

अवतार ०७ मा २५० किलोवाट डीसी फास्ट चार्जिङको सुविधा रहेको छ। यसमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १० मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।

गाडीमा ३.३ किलोवाट क्षमताको भेहिकल–टु–लोड (भी२एल) सुविधा पनि उपलब्ध छ। म्याग्नेसियम–एल्युमिनियम एलोय सस्पेन्सन तथा रियर ह्विल ड्राइभका कारण ड्राइभिङ र ह्यान्डलिङ थप आरामदायी र प्रिमियम हुने कम्पनीले जनाएको छ।

सुरक्षा र प्रविधि

अवतार ०७ मा ९ वटा एयरब्याग, एबीएस, ईबीडी, ईएससी, ट्र्याक्सन कन्ट्रोल, ब्रेक असिस्ट र हिल होल्डलगायत सुरक्षा फिचर राखिएको छ।

त्यस्तै, गाडीमा ३५.४ इन्चको फोरके प्यानोरामिक डिस्प्ले र १५.६ इन्चको इन्टेलिजेन्स सेन्टर स्क्रिन रहेको छ।

अवतार ०७ नाडा अटो शोमार्फत सार्वजनिक भएसँगै नेपाली प्रिमियम ईभी बजारमा थप प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।

अवतार ०७ का तस्वीर सरोज नेपालले खिचेका हुन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

वकिलले सर्वोच्चको छतबाट हामफाल्न खोजे, सकुशल उद्धार

आप्रवासी श्रमिकको हित सुदृढ गर्न एनआरएनए र आईएलओबीच छलफल

‘अदालत सेटिङ’को आरोपप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति

नाडा अटो शोमा सवारी कर्जाको अफर, बैंकहरूले ५.१७ प्रतिशतदेखि ब्याजदर ल्याए

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या, कान्छी आमा पक्राउ

नेप्से लगातार दोस्रो दिन घट्यो, ४ अर्ब १० करोडको कारोबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu