ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ८ : ३५   बजे

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गरिरहेका युवा उद्यमीलाई स्वदेशमै निर्धक्क भएर लगानी बढाउन आग्रह गरेका छन्।

मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका युवा उद्यमीसँग छलफल गर्दै मन्त्री वाग्लेले आईटी क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताए।

‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। सरकार तपाईंहरूको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्,’ उनले भने।

नेपालले विगतमा कृषि उत्पादन तथा निर्यातमा लामो समय लगानी गरे पनि सूचना प्रविधिमा तुलनात्मक रूपमा कम समयमा प्रतिफल प्राप्त गर्न सकिने मन्त्री वाग्लेको भनाइ छ।

एआईमा लगानी र प्रविधि कम्पनी भित्र्याउने तयारी

मन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए। कृत्रिम बुद्धिमत्ता (एआई) विकासका लागि बजेट विनियोजन गर्नुका साथै आईटी क्षेत्रमा काम गर्ने युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले बताए।

विश्वस्तरीय सूचना प्रविधि कम्पनीलाई नेपालमा आकर्षित गर्न समेत सरकारले पहल गरिरहेको उनले जानकारी दिए।

एकल विन्दु सेवाको माग

छलफलमा सहभागी दुई दर्जनभन्दा बढी युवा उद्यमीले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएकोमा सरकारलाई धन्यवाद दिएका थिए।

उनीहरूले आईटीसम्बन्धी सेवा प्रभावकारी बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्नुपर्ने सुझाव दिए। त्यसैगरी विदेशी मुद्रा सटही सुविधा सहज बनाउन तथा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कानुनी जटिलता हटाउनुपर्ने उनीहरूको माग थियो।

समस्या खुलस्त राख्न आग्रह

मन्त्री वाग्लेले काम गर्ने क्रममा देखिएका समस्या तथा कमीकमजोरीबारे सरकारलाई स्पष्ट जानकारी गराउन उद्यमीहरूलाई आग्रह गरे।

सरकार र निजी क्षेत्रबीच सहकार्यबाट सूचना प्रविधिको क्षेत्रमा थप लगानी र रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले उद्यमीहरूलाई आफ्ना समस्या स्पष्ट रूपमा राखेर समाधानको प्रक्रियामा सहभागी हुन आग्रह गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu