ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : ०५   बजे

काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ। लाहुरे परिवारको उतारचढाव, पारिवारिक सम्बन्धको जटिलता र पहिचानसँग जोडिएको कथामा आधारित ट्रेलर सार्वजनिक गरिएको हो।

माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको चलचित्रको ट्रेलर दिवंगत बाबुको पेन्सन पट्टामा आमाको नाम नभेटिएपछि उत्पन्न समस्याको वरिपरि केन्द्रित छ।

ट्रेलरमा बाबुको पेन्सन पट्टामा आमाको नामको सट्टा बाबुको पहिलो पत्नीको नाम रहेको देखाइएको छ। त्यसपछि पहिलो पत्नी को थिइन् भन्ने खोजी र त्यससँग जोडिएका पारिवारिक रहस्यलाई कथाका रूपमा अघि बढाइएको छ।

पेन्सनको अधिकारसँग जोडिएको विषयमार्फत चलचित्रले पारिवारिक विगत, सम्बन्धमा आएको दूरी, पहिचान र अधिकारका प्रश्नलाई प्रस्तुत गरेको छ।

लाहुरे जीवनको भावनात्मक पाटो

‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको सामाजिक तथा पारिवारिक पक्षलाई पर्दामा ल्याउने निर्माणपक्षले जनाएको छ। चलचित्रले लाहुरे परिवारको बाह्य चमकसँगै उनीहरूले भोग्ने भावनात्मक पीडा, सम्बन्धको जटिलता र सामाजिक यथार्थलाई समेत प्रस्तुत गर्ने बताइएको छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, स्वर्गीय सुनील थापा र लुनीभा तुलाधरलगायत कलाकारको अभिनय छ।

‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रोत्साहन भत्ता: योगदानकै आधारमा वितरण हुनुपर्छ

कालीमाटी बजारमा आज कृषिउपजको थोक मूल्य निर्धारण

सम्बन्धित

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

‘वीर गणेशमान’ भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu