काठमाडौं । टप एन्ड टी–२० सिरिजको चौथो खेलमा नेपाल ‘ए’ले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनस्थित डीएक्ससी एरिनामा स्थानीय समयअनुसार ३ः३० बजे सुरु हुनेछ।
नेपाल ‘ए’ले यसअघि तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। पछिल्लो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेपछि नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिँदैछ।
नेपालले प्रतियोगिताको सुरुआती खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेट तथा बंगलादेश हाई परफर्मेन्स टिमसँग ९ विकेटको हार बेहोरेको थियो।
एसीटीले भने यसअघि खेलेका तीनै खेल गुमाएको छ। पहिलो जितको खोजीमा रहेको एसीटीलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
नेपाल ‘ए’ र एसीटीबीचको खेल आज अगस्ट २६ मा डार्विनको डीएक्ससी एरिनामा हुँदैछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्