ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैदिन ४२ दिनको हाजिरी, जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिवमाथि प्रश्न


ABC NEWS
१० भदौ २०८३, बुधबार   ८ : २५   बजे

बर्लिन । जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवले एकै दिन ४२ दिनको हाजिरी गरेको विवरण सार्वजनिक भएको छ ।

दूतावासमा उपलब्ध हाजिरी अभिलेखअनुसार यादवले गत वैशाख २९ देखि असार ८ गतेसम्मको हाजिरी एकैपटक गरेको देखिएको छ । दूतावास स्रोतका अनुसार उनले रातिको समयमा कार्यालय खोलेर हाजिरी खातामा हस्ताक्षर गर्नुभएको थियो ।

तत्कालीन कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले यादवको हाजिरीमा कैफियत जनाउँदै रातो मसीले काट्नुभएको अभिलेखसमेत फेला परेको छ । कैफियतमा ‘बिना सूचना वा पूर्वस्वीकृति नलिई कार्यालयमा उपस्थित नभएको, दूतावासमा कुनै समय आई एकैपटक हाजिरी गरेको’ उल्लेख गरिएको जनाइएको छ ।

यस विषयमा हाल बर्लिनस्थित कार्यवाहक राजदूत नारायणप्रसाद वाग्लेले आफू कार्यभार सम्हाल्नुअघिको घटना भएकाले यसबारे आफू अनभिज्ञ रहेको बताउनुभएको छ ।

उहाँका अनुसार यस विषयमा तत्कालीन दूतावास नेतृत्व, परराष्ट्र मन्त्रालय र सम्बन्धित कर्मचारीले नै जवाफ दिनुपर्नेछ । मन्त्रालयको प्रशासन पक्षले आवश्यक ठानेमा थप कारबाही वा प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

लामो समयसम्म बिना सूचना कार्यालयमा उपस्थित नभएपछि तत्कालीन कार्यवाहक राजदूत फुयाँलले यादवको अवस्थाबारे बुझ्न दूतावासका दुई कर्मचारीलाई उहाँको कोठामा पठाउनुभएको बताइएको छ ।

दूतावासका एक कर्मचारीका अनुसार यादवसँग सम्पर्क हुन नसकेपछि कुनै अप्रिय घटना भएको हुन सक्ने आशंकामा उहाँको कोठामा पुगिएको थियो । तर, ढोका नखुलेपछि कर्मचारीहरू फर्किएका थिए ।

यादवको हाजिरीसम्बन्धी घटनापछि तत्कालीन कार्यवाहक राजदूत फुयाँलले दूतावासमा सीसीटीभी क्यामरा र डिजिटल हाजिरी प्रणाली जडान गर्नुभएको स्रोतको दाबी छ ।

यादवमाथि दूतावासका पत्र बाहिर उपलब्ध गराएको तथा दूतावासको आधिकारिक फेसबुक पेजमा प्रकाशित सूचनामा अनधिकृत रूपमा तोडमोड गरेको आरोपसमेत लगाइएको छ । यी आरोपबारे सम्बन्धित निकायबाट स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।

यसैबीच, दूतावासले कर्मचारी भर्नाका लागि जारी गरेको सूचनामा अनधिकृत रूपमा परिवर्तन गरिएको विषयमा प्रतिक्रिया लिन खोज्दा यादवले पत्रकारलाई धम्की दिएको आरोपसमेत सार्वजनिक भएको छ ।

उक्त घटनापछि नेपाल पत्रकार महासंघको केन्द्रीय समिति तथा युरोप शाखाले विज्ञप्ति जारी गर्दै यादवको व्यवहारबारे तत्काल निष्पक्ष छानबिन गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायसँग माग गरेका थिए । विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकारको सुरक्षाको सुनिश्चितता गर्नसमेत महासंघले आग्रह गरेको थियो ।

यादवमाथि लगाइएका आरोप तथा हाजिरीसम्बन्धी विषयमा सम्बन्धित निकायबाट आधिकारिक छानबिनको निष्कर्ष सार्वजनिक भएपछि मात्र घटनाको वास्तविकता थप स्पष्ट हुनेछ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

Air Force Major Faces Charges for Public Criticism of Trump

Instagram Chief Admits Low Usage of Safety Feature in Meta Trial

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

Nepal Grapples With Rising Rape Cases And Calls For Stricter Penalties

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu