वीरगन्ज । पर्सामा ट्र्याक्टरबाट खसेर सोही ट्र्याक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका आकाश राम रहेका छन्। मंगलबार पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार आकाश ट्र्याक्टरबाट खसेका थिए। खसेपछि गुडिरहेको सोही ट्र्याक्टरले उनलाई किचेको थियो।
ट्र्याक्टरले किचेपछि गम्भीर घाइते भएका आकाशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी भइरहेको जनाएको छ। घटनामा संलग्न ट्र्याक्टरका विषयमा प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्