ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ दिनपछि खुल्यो विराटनगरका सात आँखा अस्पताल, प्रदेश सरकारको दबाबपछि प्रशासन पछि हट्यो


ABC NEWS
१० भदौ २०८३, बुधबार   १० : २५   बजे

विराटनगर । विगत १४ दिनदेखि बन्द रहेका विराटनगरका सातवटा आँखा अस्पताल मंगलबारदेखि पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय, मोरङले दुई साताअघि सिलबन्दी गरेका सातवटै अस्पतालको ताला खोलिएसँगै सेवा पुनः सुरु भएको हो।

जिल्ला प्रशासन कार्यालयले मापदण्ड पूरा नभएको भन्दै साउन २७ र २८ गते विराट आँखा अस्पताल, सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराटरानी आँखा अस्पताल, अखण्ड ज्योति, नेपाल आँखा अस्पताल र इफराह आँखा अस्पतालमा सिलबन्दी गरेको थियो।

अस्पताल बन्द गरिएपछि संघीय प्रशासनले प्रदेश सरकारको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै राजनीतिक दल, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाले विरोध जनाएका थिए।

मुख्यमन्त्रीको निर्देशनपछि ताला खुल्यो

अस्पताल सिलबन्दी प्रकरण चर्किएपछि कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका उपसचिव निर्मल भट्टराईको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो।

समितिले प्रतिवेदन बुझाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अस्पताल पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।

मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकमै जिल्ला प्रशासन कार्यालयले प्रदेश सरकारसँग समन्वय नगरी अस्पतालमा ताला लगाएको भन्दै असन्तुष्टि जनाएका थिए।

सोमबारको प्रदेशसभा बैठकमा पूर्वमुख्यमन्त्रीद्वय केदार कार्की र उद्धव थापाले समेत तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गरेका थिए। उनीहरूले स्वास्थ्य संस्थाको अनुमति, नवीकरण र नियमन गर्ने संवैधानिक अधिकार प्रदेश सरकारको भएको बताएका थिए।

‘नयाँ कार्यविधि नबनुन्जेल पुरानै स्वीकृतिमा सञ्चालन’

कोशी प्रदेशका स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीका अनुसार स्वास्थ्य मन्त्रालयद्वारा गठित अध्ययन समितिको प्रतिवेदन र विद्यमान कानुनी व्यवस्थाका आधारमा सातवटै आँखा अस्पताल पुनः सञ्चालनमा ल्याइएको हो।

उनले आँखा अस्पतालको सञ्चालन र नियमनका लागि प्रदेश सरकारले छुट्टै कार्यविधि तयार गरिरहेको जानकारी दिए।

सुवेदीले भने, “नयाँ कार्यविधि नबनुन्जेलसम्म स्वास्थ्य निर्देशनालयबाट पहिले नै स्वीकृति प्राप्त भएका अस्पतालहरू सञ्चालन हुनेछन्।”

संघ–प्रदेश अधिकार विवादको केन्द्रमा स्वास्थ्य संस्था

जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा सम्बन्धित नियमावलीले स्वास्थ्य संस्थाको दर्ता, नवीकरण र अनुगमनको जिम्मेवारी विभिन्न तहका सरकारबीच बाँडफाँट गरेको छ।

प्रदेश सरकारले यही कानुनी व्यवस्थालाई आधार बनाउँदै प्रदेशभित्रका स्वास्थ्य संस्थाको नियमन आफ्नो क्षेत्राधिकारभित्र पर्ने दाबी गर्दै आएको छ। तर जिल्ला प्रशासन कार्यालयले मापदण्डको विषय उठाउँदै अस्पताल सिलबन्दी गरेपछि संघीय प्रशासन र प्रदेश सरकारबीच अधिकार क्षेत्रको विवाद सतहमा आएको थियो।

अन्ततः प्रदेश सरकारको पहल र अध्ययन समितिको प्रतिवेदनपछि १४ दिनदेखि बन्द रहेका विराटनगरका सातवटै आँखा अस्पतालको ताला खुलेको छ र स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा भीषण बाढी, टिमुरेसहित दुई बजार र भन्सार क्षेत्रमा ठूलो क्षति

रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवामा भीषण बाढी, टिमुरेसहित दुई बजार र भन्सार क्षेत्रमा ठूलो क्षति

Russian-Israeli Historian Detained in Israel Following Criticism of Palestinian Policy

मनसुनको ६० दिनमा औसतभन्दा १० प्रतिशत कम वर्षा

रसुवाको टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन

गृहमन्त्रीको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु

दोस्रो पटक फ्रिक्वेन्सी बोलकबोलको तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu