काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक सुरु भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा यो बैठक बसेको हो ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा हालै बाढी/पानीको बहाब उच्च रहेको छ । यसले गर्दा स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदी लगायतका तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बाढीको चेतावनी
प्राधिकरणले त्रिशूली नदी आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ । नदी किनारा नजिक बस्नेहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्